मुख्यमन्त्री यादवको प्रस्ताव सभामुखद्वारा अस्वीकार
वीरगन्ज । मधेस प्रदेशसभाले मुख्यमन्त्री सरोजकुमार यादवको प्रस्तावलाई अस्वीकार गरेको छ । प्रदेश सभाबाट आज लिने भनिएको विश्वासको मतसम्बन्धी कार्यसूची सार्ने मुख्यमन्त्री यादवको प्रस्तावलाई सदनले अस्वीकार गरेको हो ।
सभामुख रामचन्द्र मण्डलले मुख्यमन्त्रीले गरेको प्रस्ताव विश्वासको मतको कार्यसूची सार्ने प्रस्ताव तत्काल पूरा नगर्ने बताए । उनका अनुसार सदन सुरु हुनुभन्दा केहीबेर अगाडि मात्र मुख्यमन्त्री यादवले विश्वासको मतको कार्यसूची सार्न आग्रह गरेका थिए ।
उनले भने, ‘मुख्यमन्त्रीबाट आएको प्रस्तावमा हामीले छलफल चलायौँ, सबै सल्लाह फरक फरक आयो । त्यसकारण मैले आज सदन स्थगन नगरेर चलाउने निर्णय गरे ।’
सभामुख मण्डलले अब केहीबेरमा सदन सुरु गर्ने बताए । उनले भने, ‘हामी केही बेरमा सदनको बैठक सुरु गर्छौ, प्रदेश सरकारबाट केही आउनुभएन भने वा कसैले विरोध गरेमा केही घण्टाका लागि पुनः सदन स्थगित गर्छौ । तर आज भनिएको कार्यसूची अनुसारको काम रोकिँदैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
-
‘घरदैलोको अदालत’ले विश्वास जित्दै, दलित समुदायको पहुँच भने कमजोर
-
ट्राफिक कारबाहीमा एकैदिन २२ लाख ७६ हजार राजस्व सङ्कलन
-
सोच्ने कामको जिम्मा एआईलाई दिनु हुँदैन
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण