रामेछापको लुभुघाटमा कार दुर्घटना, ३ जना घाइते
बुधबार, २३ जेठ २०८१, २० : ५४
काठमाडौँ । रामेछापको खाँडादेवी गाउँपालिका–१ स्थित लुभुघाटमा कार दुर्घटना भएको छ । दुर्घटनामा परेर कार चालक सहित ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा बा.१८ च ६८५३ नम्बरको कार चालक काभ्रेको पनौती नगरपालिका घर भएका ३२ वर्षीय विनोद श्रेष्ठ, ३४ वर्षीय कुमार तामाङ र उनका छोरा ३ वर्षीय सलिम तामाङ छन् ।
नेपालथोकबाट लुभु बजारतर्फ जाँदै गरेको कार माझिगाउँमा सडकबाट करिब ४० मिटर तल खसेको प्रहरी चौकी लुभुघाटले जनाएको छ । घाइतेहरुलाई उपचारका लागी धुलिखेल अस्पतालमा पठाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहीबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
अस्तित्वको लडाइँ: घाना र पानामाको ‘गर या मर’ को भिडन्त
-
मस्कोको बदला लिँदै इंग्ल्याण्डको सानदार सुरुवात, क्रोएसिया ४–२ ले पराजित
-
रासफोर्डको गोलसँगै इंग्ल्याण्ड जित नजिक, क्रोएसिया विरुद्ध ४–२ को अग्रता
-
इरान र अमेरिकाबिचको समझदारी पत्रमा विद्युतीय हस्ताक्षर, इरानी विदेश मन्त्रालयद्वारा पुष्टि
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण