ललितपुरमा विपद् व्यवस्थापनसम्बन्धी अभ्यास (तस्बिरहरू)
शुक्रबार, २५ जेठ २०८१, १६ : २५
_6NUFKXZDZC.jpg)
काठमाडौँ । ललितपुरमा विपद् व्यवस्थापन सम्बन्धी ‘अभ्यास मनसुन– ४’ सम्पन्न भएको छ । शुक्रबार नेपाली सेनाको राजदल गणको संयोजकत्वमा ललितपुर महानगरपालिका– २४ स्थित नागदहमा सो अभ्यास गरिएको हो ।
जिल्ला विपद् व्यवस्थापन समितिको सहकार्यमा भएको सो अभ्यासमा जिल्ला प्रशासन कार्यालय ललितपुर, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, नेपाल रेडक्रस सोसाइटी, नेपाल स्काउट र स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
सो अभ्यासमा बाढी, आगलागी, भूकम्प लगायतका घटनामा तत्काल गरिने उद्धारका अभ्यासहरू गरिएको थियो ।