छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु
काठमाडौँ । विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । धनुषा, ओखलढुङ्गा र झापामा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको हो ।
प्रहरीका अनुसार धनुषाको सबैला नगरपालिका–९ कलुवामोडमा मे.१ त ९३५५ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने मनोज मण्डलको छोरा ३ वर्षीय डेभिड मण्डलको आइतबार राति मृत्यु भएको छ । घर अगाडि खेल्ने क्रममा ठक्कर दिँदा गम्भीर घाइते भएका उनको गोदावरी हस्पिटल जनकपुर हुँदै प्रादेशिक अस्पताल जनकपुरमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै झापाको दमक नगरपालिका–३ मावापुलस्थित सडकमा मे ५ प ९७३१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई आइतबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका–५ डेरा गरी बस्ने मोरङ मिक्लाजुङ गाउँपालिका–१ घर भएका २२ वर्षीय सगुन राईको मृत्यु भएको छ
। दुर्घटनामा गम्भीर घाइते भएका उनको आम्दा अस्पताल खरखरे दमकमा उपचारको क्रममा मृत्यु भएको हो ।
उता, ओखलढुङ्गाको चिशंखुगढी गाउँपालिका–८ माम्खास्थित सडकबाट बाग्मती प्रदेश–०२– ०१६ प ८५३२ नम्बरको मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।
आइतबार साँझ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सोही गाउँपालिका–४ रातमाटे मझुवा बस्ने ३५ वर्षीय हस्तबहादुर विकको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र क्रोएसियाबिच खेल २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण