विराट-रोहितलाई आउट गर्ने भारतीय
न्युयोर्क । बुधबार राति भएको खेलको नतिजा जस्तोसुकै होस्, एकपटक पनि अमेरिकी खेलाडीले भारतीय टोलीका कुनै पनि अनुभवी खेलाडीलाई हावी हुने मौका दिएनन् ।
पहिले ब्याटिङ र त्यसपछि बलिङ दुवै मोर्चामा अमेरिकी टोली भारतीय चुनौतीका लागि तयार देखिन्थे । भारतीय खेलाडी रनका लागि संघर्ष गरिरहेको देखियो ।

अमेरिकाका सौरभ नेत्रावलकरले भारतका दुवै ओपनरलाई सस्तोमा आउट गर्दै भारतलाई सबैभन्दा ठुलो झटका दिएका थिए । रोचक कुरा के छ भने सौरभ नेत्रवलकर भारतीय मूलका हुन् । उनी मुम्बईमा हुर्केका थिन् ।
उनले भारतको अन्डर-१९ क्रिकेट टोलीबाट विश्वकप पनि खेलिसकेका छन्। तर, उनी पढाइका लागि अमेरिका पुगे र त्यसपछि त्यहाँको क्रिकेट टिमको हिस्सा बने ।
सौरभले सन् २०१० मा दक्षिण अफ्रिकामा भएको त्रिकोणीय शृङ्खला र त्यसपछि न्युजिल्यान्डमा भएको अन्डर-१९ विश्वकपमा भाग लिएका थिए । त्यतिबेला सौरभसँगै केएल राहुल, मयंक अग्रवाल र जयदेव उनाडकट पनि अन्डर १९ टोलीमा थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण