बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

उद्योग मन्त्री भण्डारीले सार्वजनिक गरे १०० दिने कार्यप्रगति, के-के गरे ?

बिहीबार, ३१ जेठ २०८१, १९ : ०२
बिहीबार, ३१ जेठ २०८१

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले १०० दिने काम सार्वजनिक गरेका छन् । आज उद्योग मन्त्रालयमा कार्यक्रम आयोजना गरेर मन्त्री भण्डारीले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि १०० दिनमा गरेको कामको विवरण सार्वजनिक गरेका हुन् ।

उनले यस अवधिमा स्टार्टअप उद्यम कार्यविधि, २०८१ मन्त्रीपरिषद् बैठकमार्फत स्वीकृत भएको जानकारी दिए । यस्तै स्वचालित माध्यमबाट विदेशी लगानी स्वीकृत गर्ने प्रणाली सुचारु भएको मन्त्री भण्डारीले बताएका छन् ।

विदेशी लगानी ल्याउन र विदेशी लगानीकर्ता मैत्री कानुन निर्माणका लागि अध्यादेशमार्फत ८ वटा कानुन संशोधन गरेको भण्डारीले बताए । यसबाहेक, रुग्ण उद्योग सञ्चालन गर्नका लागि तयारी अन्तिम चरणमा रहेको, औद्योगिक क्षेत्र सञ्चालन, नयाँ औद्योगिक क्षेत्र सञ्चालन लगायतको काम गरेको जानकारी दिएका छन् ।

भण्डारीले सरकारी निकायमा स्वदेशी वस्तु प्रयोगको नीति बनेको र सोहीअनुरूप काम कारबाही अघि बढिरहेको समेत बताए । यसैगरी कोरोनाकालदेखि बन्द चीनतर्फका नाका सञ्चालनमा ल्याइएको, फलाम तथा तामा खानीको अध्ययन अघि बढेको, पेट्रोलियम पदार्थको उत्खननको काम भइरहेको समेत उनको भनाई छ ।

सरकारले चीन सरकारको सहयोगमा दैलेखमा पेट्रोलियम पदार्थ खोज्दै छ । चिनियाँको सहयोगमा करिब ३०० मिटर ड्रिलिङ सम्पन्न भैसकेको मन्त्री भण्डारीले बताए । यसबाहेक बजार अनुगम तीव्र बनाइएको र ८ वटा उद्योगसँग श्रम सम्झौता गरेको उनले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप