सदस्यता विवाद नटुंगाई पत्रकार महासंघले जबरजस्ती गरे प्रेस युनियन आन्दोलनमा जाने

काठमाडौँ । नेपाल पत्रकार महासंघको सदस्यता विवाद नसुल्झिएकोमा नेपाल प्रेस युनियनले गम्भीर चिन्ता व्यक्त गरेको छ । सदस्यताको विवाद समाधान नगरी सदस्यताको नामावली सार्वजनिक गरेर जबरजस्ती ढंगले एकपक्षीय रूपमा निर्वाचन प्रक्रिया अघि बढाए अस्वीकार गरेर आन्दोलनमा जाने प्रेस युनियनले घोषणा गरेको छ ।
प्रेस युनियनका अध्यक्ष शिव लम्सालले आज एक विज्ञप्ति प्रकाशित गरी प्रेस युनियन अधिकतम लचिलो हुँदा पनि सम्बन्धित पक्ष जिम्मेवार नभएको जनाएका छन् । महासंघकै शाखा र प्रदेश समितिले पठाएको नामावलीलाई आधार मानेर छुटेका सक्रिय पत्रकारलाई महासंघको विधि र प्रक्रिया अनुसार सदस्यता टुङ्ग्याएर अन्तिम मतदाता नामावली सार्वजनिक गरी निर्वाचन प्रक्रिया अघि बढाउन अध्यक्ष लम्सालले आग्रह गरेका छन् ।
महासंघका शाखा र प्रदेशले पठाएका सदस्यको नाम केन्द्रीय नेतृत्वले हटाएर अमुक सङ्गठनमा आस्था राख्नेलाई सहयोग पुग्ने गरी विधि र प्रक्रिया विपरीत आफूखुसी केन्द्रबाट सदस्यको नाम थपेर गैरपत्रकारलाई सदस्यता दिई सूची तयार गरेका कारण यो अवस्था सिर्जना भएको युनियनले जनाएको छ ।
महासंघको विधान अनुसार सदस्यता विवाद सुल्झाएर थप गरिएको मितिमा निर्वाचन सुनिश्चित गर्ने वातावरण तयार गर्न नेपाल पत्रकार महासंघको नेतृत्व लगायत पत्रकार सम्बद्ध सबै पेशागत संस्थाहरूलाई अध्यक्ष लम्सालले अपिल गरेका छन् । पूर्व निर्धारित मितिमा निर्वाचन हुन नसकेकोमा युनियन दुःख व्यक्त गर्दै पछिल्लो पटक निर्धारण गरिएको मितिमा निर्वाचन सम्पन्न गर्न आवश्यक सहयोग गर्ने प्रतिबद्धता युनियनले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नीति तथा कार्यक्रममा गर्न सकिने कुराहरू लेखिएको छ, यो सान्दर्भिक छ : प्रमुख सचेतक न्यौपाने
-
उदयपुरमा स्कुल बस दुर्घटना, २० जना घाइते
-
नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैन : स्वास्थ्यमन्त्री पौडेल
-
बागमतीको पर्यटन विकास आयोजना र कार्यालय खारेज
-
पुरानै नीति तथा कार्यक्रमलाई रि–प्याकेजिङ गरियो : सांसद पौडेल
-
शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार, मिलापत्र गर्न स्कुलले दबाब दिएको आरोप