कतारमा बृहत् सांस्कृतिक इद धमाका आयोजना हुने
काठमाडौँ । गोरखा सेवा समाज कतारको आयोजनामा कतारमा बृहत् सांस्कृतिक इद धमाका आयोजना हुने भएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–अल–अदाको अवसर पारेर ‘मानव सेवा आश्रम, गोरखा शाखाको भवन निर्माण सहयोगार्थ’ कार्यक्रम आयोजना गर्न लागिएको गोरखा सेवा समाजका अध्यक्ष ओम गुरुङले जानकारी दिए ।
कार्यक्रममा साङ्गीतिक नेपालबाट पछिल्लो समयका व्यस्त तथा चिरपरिचित लोक तथा दोहोरी गायक खेम सेन्चुरी र गायक उर्गेन दोंग, लोक तथा दोहोरी गायिकाद्वय समीक्षा अधिकारी र निर्जला गुरुङ सहभागी कार्यक्रमका संयोजक राकेश श्रेष्ठले बताए ।
आयोजक संस्था गोरखा सेवा समाजले मानव सेवारत आश्रमको सत्कर्मका आयोजना गरेको कार्यक्रमको टिकट बिक्री समेत सुरु गरेको छ ।
कार्यक्रम संयोजक राकेश श्रेष्ठका अनुसार कार्यक्रम स्थलसम्म आउन जानका लागि कतारको दोहा, सनैया र अल्खोरबाट निःशुल्क यातायातको व्यवस्था समेत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण