बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

कतारमा बृहत् सांस्कृतिक इद धमाका आयोजना हुने

शुक्रबार, ३२ जेठ २०८१, ०८ : १९
शुक्रबार, ३२ जेठ २०८१

काठमाडौँ । गोरखा सेवा समाज कतारको आयोजनामा कतारमा बृहत् सांस्कृतिक इद धमाका आयोजना हुने भएको छ । इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद–अल–अदाको अवसर पारेर ‘मानव सेवा आश्रम, गोरखा शाखाको भवन निर्माण सहयोगार्थ’ कार्यक्रम आयोजना गर्न लागिएको गोरखा सेवा समाजका अध्यक्ष ओम गुरुङले जानकारी दिए ।

कार्यक्रममा साङ्गीतिक नेपालबाट पछिल्लो समयका व्यस्त तथा चिरपरिचित लोक तथा दोहोरी गायक खेम सेन्चुरी र  गायक उर्गेन दोंग, लोक तथा दोहोरी गायिकाद्वय समीक्षा अधिकारी र निर्जला गुरुङ सहभागी कार्यक्रमका संयोजक राकेश श्रेष्ठले बताए ।

आयोजक संस्था गोरखा सेवा समाजले मानव सेवारत आश्रमको सत्कर्मका आयोजना गरेको कार्यक्रमको टिकट बिक्री समेत सुरु गरेको छ । 

कार्यक्रम संयोजक राकेश श्रेष्ठका अनुसार कार्यक्रम स्थलसम्म आउन जानका लागि कतारको दोहा, सनैया र अल्खोरबाट निःशुल्क यातायातको व्यवस्था समेत गरिएको छ ।

FB_IMG_1718268043188

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप