राष्ट्रपति पौडेल राजदूतावासमा आयोजित स्वागत समारोहमा सरिक
जेनेभा । राष्ट्रपति रामचन्द्र पौडेल स्विटजरल्याण्डस्थित नेपाली राजदूतावासद्वारा शुक्रबार उनको सम्मानमा आयोजित स्वागत समारोहमा सरिक भएका छन् । सो अवसरमा राष्ट्रपति पौडेललाई नेपालका लागि स्विटजरल्याण्डका राजदूत रामप्रसाद सुवेदी तथा यहाँस्थित नेपालीहरूले स्वागत गरेका थिए ।
सो अवसरमा राजदूत सुवेदीले स्विस नेपालको सम्बन्ध, विकास र सहयोगका विविध पक्षबारे जानकारी गराएका थिए । साथै स्विटजरल्याण्डमा रहेका नेपालीबारे जानकारी गराएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ।

समारोहमा राजदूत सुवेदीले २५ वर्षपछि पहिलो पटक नेपालका राष्ट्रपतिसँग स्विटजरल्याण्डका राष्ट्रपतिबाट भएको भेटले दुवै देशको सम्बन्ध अझ सुदृढ गराएको बताउँदै आईएलओको कार्यक्रममा उनको सम्बोधनले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई स्थापित गराएको उल्लेख गरे ।
राष्ट्रपति पाैडेलले अन्तर्राष्ट्रिय श्रम संगठनकाे जेनेभामा भएको ११२ औँँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनको उद्घाटन सत्रलाई बिहीबार मुख्य वक्ताका रूपमा सम्बोधन गरेका थिए ।
अब राष्ट्रपति पौडेल मित्र राष्ट्र जर्मनीको भ्रमणका लागि त्यसतर्फ जाने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण