भारत र क्यानडाबिचको खेल हुन गाह्रो, पानी पर्ने ८५ प्रतिशत सम्भावना
फ्लोरिडा । टी–२० विश्वकपमा शनिबार भारत र क्यानडाबिचको खेल हुँदैछ । तर यो खेल हुन गाह्रो देखिन्छ।
किनभने अमेरिकाको फ्लोरिडा सहरमा विगत तीन दिनदेखि वर्षा भइरहेको छ र धेरै भाग पानीले भरिएका छन् । एक दिन अघि अमेरिका र आयरल्याण्डको खेल पनि वर्षाका कारण रद्द भएको थियो ।
यहाँ बिहानको खेलमा ८५ प्रतिशत पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । खेलभर बादल रहनेछ र आँधी आउने सम्भावना ५१ प्रतिशत छ। यस्तो अवस्थामा आजको खेल हुन्छ कि हुँदैन भन्ने शङ्का छ ।
भारत-क्यानडा खेल रद्द हुँदा भारतलाई कुनै फरक पर्दैन, किनभने टोली सुपर-८ मा छनोट भइसकेको छ। यससँगै यसअघि नै बाहिरिएको क्यानडाले यो खेल जितेर पाकिस्तानभन्दा समूहमा आफ्नो वरियतामा सुधार गर्न चाहन्छ ।
समूह ‘ए’ मा लगातार तीन जित हात पार्दै भारत अङ्क तालिकाको शीर्ष स्थानमा छ । भारतीय टोलीको खातामा ६ अङ्क छ । क्यानडा ३ मध्ये एक जित र २ खेल हारेर चौथो स्थानमा छ । क्यानडाले अहिलेसम्म २ अङ्क मात्र जोडेको छ ।
क्यानडाले पहिलो पटक टी–२० विश्वकप खेल्दैछ । भारत र क्यानडाबिच अहिलेसम्म कुनै पनि अन्तर्राष्ट्रिय खेल भएको छैन । क्यानडाले हालसम्म ५८ टी–२० अन्तर्राष्ट्रिय खेलमा ३० जितेको छ भने २५ हारेको छ । २ खेलमा बराबरी भएको छ भने १ खेलको नतिजा आएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण