प्रभाव पार्न सक्ने खेलाडी– निकोलस पुरन (वेस्ट इन्डिज)

काठमाडौँ । वेस्ट इन्डिजका प्रभावशाली ब्याट्सम्यान हुन्, निकोलस पुरन । उनी टोलीका अनुभवी विकेटकिपर ब्याट्सम्यान हुन् । उनी टोलीलाई आवश्यक पर्दा बलिङ पनि गर्न सक्छन् ।
२८ वर्षीय पुरनले वेस्ट इन्डिजका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले हालसम्म क्यारेबियन टोलीका लागि टेस्ट क्रिकेट भने खेलेका छैनन् ।
उनी ब्याटिङ बायाँ हातले गर्छन् भने टोलीलाई आवश्यक पर्दा दायाँ हातले बलिङ गर्छन् । उनले देशका लागि ६१ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल एक हजार नौ सय ८३ रन बनाएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर एक सय १८ रन हो । यो ढाँचाको क्रिकेटमा निकोलस पुरनले तीन शतक र ११ वटा अर्धशतक पनि प्रहार गरिसकेका छन् ।
यसैगरी उनले क्यारेबियन टोलीबाट ८८ टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले १३४.६९ को स्ट्राइक रेटमा कुल एक हजार आठ सय ४८ रन बनाएका छन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर ८२ रन हो । यो ढाँचाको क्रिकेटमा निकोलस पुरनले ११ वटा अर्धशतक पनि बनाएका छन् ।
उनले एकदिवसीय अन्तर्राष्ट्रियमा २३ वटा क्याच लिएका छन् भने दुईवटा स्टम्पिङ पनि गरेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले ४८ क्याच लिएका छन् भने सातवटा स्टम्पिङ गरेका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ६ वटा विकेट पनि लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ४८ रन खर्चिएर चार विकेट हो । टी–२० मा भने हालसम्म उनले बलिङ गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्कुलबाट चोरी भएका ल्यापटप एक वर्षपछि परे फेला
-
विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु
-
चोरीसम्बन्धी कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
अमेरिका र क्रोएसिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा २ जना पक्राउ
-
अझै भेटिएन बोलेरो गाडी, बोरिङकै कारण जमिन भासिएको भूगर्भ विभागको निष्कर्ष
-
सूर्यविनायकमा मेलम्चीको पानी वितरण