प्रभाव पार्न सक्ने खेलाडी– निकोलस पुरन (वेस्ट इन्डिज)
काठमाडौँ । वेस्ट इन्डिजका प्रभावशाली ब्याट्सम्यान हुन्, निकोलस पुरन । उनी टोलीका अनुभवी विकेटकिपर ब्याट्सम्यान हुन् । उनी टोलीलाई आवश्यक पर्दा बलिङ पनि गर्न सक्छन् ।
२८ वर्षीय पुरनले वेस्ट इन्डिजका लागि एकदिवसीय अन्तर्राष्ट्रिय र टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । उनले हालसम्म क्यारेबियन टोलीका लागि टेस्ट क्रिकेट भने खेलेका छैनन् ।
उनी ब्याटिङ बायाँ हातले गर्छन् भने टोलीलाई आवश्यक पर्दा दायाँ हातले बलिङ गर्छन् । उनले देशका लागि ६१ एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्दै कुल एक हजार नौ सय ८३ रन बनाएका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर एक सय १८ रन हो । यो ढाँचाको क्रिकेटमा निकोलस पुरनले तीन शतक र ११ वटा अर्धशतक पनि प्रहार गरिसकेका छन् ।
यसैगरी उनले क्यारेबियन टोलीबाट ८८ टी–२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले १३४.६९ को स्ट्राइक रेटमा कुल एक हजार आठ सय ४८ रन बनाएका छन् ।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उच्च स्कोर ८२ रन हो । यो ढाँचाको क्रिकेटमा निकोलस पुरनले ११ वटा अर्धशतक पनि बनाएका छन् ।
उनले एकदिवसीय अन्तर्राष्ट्रियमा २३ वटा क्याच लिएका छन् भने दुईवटा स्टम्पिङ पनि गरेका छन् । टी–२० अन्तर्राष्ट्रियमा उनले ४८ क्याच लिएका छन् भने सातवटा स्टम्पिङ गरेका छन् ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा उनले ६ वटा विकेट पनि लिएका छन् । बलिङतर्फ उनको उत्कृष्ट प्रदर्शन ४८ रन खर्चिएर चार विकेट हो । टी–२० मा भने हालसम्म उनले बलिङ गरेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी ६ सहकारीलाई कार्यालय खाली गर्न महानगरको १५ दिने म्याद
-
कंगोमा विद्रोहीको आक्रमणमा ३० जनाभन्दा बढीको मृत्यु, इबोला नियन्त्रण अभियान प्रभावित
-
विपद्ले निम्त्याउँदैछ अर्बौंको क्षति, तर पूर्वतयारीमा सरकारको बेवास्ता
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सदस्य स्वार्थ बाझिने बैठकमा सहभागी हुन नपाउने
-
एमालेको २ दिने कार्यशाला : ओलीले उद्घाटन गरे, शंकरले गर्दैछन् समापन
-
विराटनगरको फोहर व्यवस्थापन ठेक्कामा किचलो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण