पन्नु मामिलामा कुरा गर्न भारत आएका हुन् अमेरिकी एनएसए ?
नयाँ दिल्ली । अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार (एनएसए) ज्याक सुलिभान दुई दिने भ्रमणमा भारत आएका छन् । जुन १७ बाट शुरु भएको यो भ्रमणमा सुलिभानले प्रधानमन्त्री नरेन्द्र मोदी र भारतीय सुरक्षा सल्लाहकार अजित डोभाललाई भेटेका थिए । सुलिभानले दुई देशबीचको सहयोगलाई अझ प्रगाढ बनाउने र भारत–अमेरिकी प्राविधिक पहल आईसीईटीलाई थप सुधार गर्न यो भ्रमण भएको आधिकारिक रूपमा भनिएको छ ।
रोचक कुरा चाँहि के छ भने गुरपतवन्त सिंह पन्नुको हत्या षड्यन्त्रको आरोपमा पक्राउ परेका भारतीय नागरिक निखिल गुप्तालाई चेक गणतन्त्रबाट अमेरिका सुपुर्दगी गरिएको बेला उनको भ्रमण भएको हो ।
सोमबार ह्वाइट हाउसको पत्रकार सम्मेलनमा, अमेरिकाको राष्ट्रिय सुरक्षा परिषद्का सञ्चार संयोजक जोन किर्बीलाई सुलिभानले पन्नुको हत्याको प्रयास मामिलामा भारतसँग कुरा गर्छन् कि गर्दैनन् भनेर सोधिएको थियो । ‘ज्याक सुलिभानको कुराकानीबारे मलाई थप केही भन्नु छैन, उनी अझै त्यहीँ छन् र कुराकानी भइरहेको छ,’ किर्बीले भनेका छन् । उनको भ्रमणको मुख्य उद्देश्य खासगरी उदीयमान प्रविधिको विषयमा अमेरिका–भारत द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ पार्ने उपायहरू खोज्नु भएको उनको भनाइ छ ।
सोमबार ५२ वर्षीय गुप्तालाई न्यूयोर्कको संघीय अदालतमा पेश गरिएको थियो । त्यहाँ उनले आफूमाथि लगाइएको आरोप अस्वीकार गरेका थिए । अमेरिकी सरकारको अनुरोधमा चेक रिपब्लिकमा उनलाई पक्राउ गरिएको हो । गुप्ताले अमेरिकामा रहेका खालिस्तानी नेता पन्नुको हत्या गर्न एक व्यक्तिलाई सुपारी दिएको र उनलाई १५ हजार डलर अग्रिम भुक्तान्ी दिएको अभियोजकहरूले आरोप लगाएका छन् । यस हत्यामा भारत सरकारका एक अधिकारीको संलग्नता रहेको दाबी पनि उनीहरूको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
-
शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस
-
हस्तकला महासंघलाई प्रधानमन्त्रीको आश्वासन : तुरुन्तै सकारात्मक निर्णय गर्छौँ
-
विजय थलपतिको ‘जन नायकन’ले अग्रिम टिकट बुकिङबाट कमायो २० करोड भारु
-
९५ दिनदेखि माइतीघरमा दीपा नेपालीः सरकार, कोठा खाली छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण