बोइङ दुर्घटनामा परेर ज्यान गुमाउनेका परिवारले मागे २५ अर्ब डलर क्षतिपूर्ति
वाशिङ्टन डीसी । अमेरिकी विमान निर्माता कम्पनी बोइङ्को दुई वटा ७३७ म्याक्स विमानमा परेर ज्यान गुमाउने यात्रीहरूको परिवारले कम्पनीसँग झन्डै २५ अर्ब डलर क्षतिपूर्ति मागेका छन् ।
अमेरिकाको उड्ययन इतिहासमा सबैभन्दा बढी जनाको ज्यान जाने गरी भएको दुर्घटनाका लागि पीडितका परिवारले अभियोजनकर्तासँग बोइङलाई २४ अर्ब ८० करोड डलर जरिवाना तिराउन भनेका हुन् ।
रकम उचित भएको र बोइङको अपराधका कारण भएको मानवीय क्षतिलाई विचार गर्दा उपयुक्त पनि भएको पीडितका परिवारतर्फका वकिल पल कासेलले बताए ।
बीबीसीले देखेको ३२ पृष्ठ लामो पत्रमा अमेरिकी सरकारले ३४६ जनाको ज्यान जाने गरी सन् २०१८ र सन् २०१९ मा भएको ती दुर्घटनामा कम्पनीमाथि मुद्दा चलाउनु पर्ने बताइएको छ ।
सन् २०१८ को अक्टोबरमा जकार्ताबाट उडेको १३ मिनेटमै जाभा समुद्रमाथि लायन एयरको विमान दुर्घटना हुँदा १८९ जनाको मृत्यु भएको थियो । त्यसको ५ महिनामै इथियोपियन एयरलाइन्सको विमान राजधानी एडिस आबाबाबाट उडेको ६ मिनेटमै दुर्घटना ग्रस्त हुँदा विमानमा सवार १५७ जनाको मृत्यु भएको थियो । फ्लाइट कन्ट्रोल सिष्टममा त्रुटिका कारण ती दुर्घटना भएको पाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण