रुकुम पश्चिममा ट्याक्टर दुर्घटना, एक जनाको मृत्यु
रुकुम पश्चिम । रुकुम पश्चिममा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चौरजहारी नगरपालिका–१२ का २५ वर्षीय गोपाल खत्री रहेका छन् । उनको मिसन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै दुर्घटनामा ६ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार आज चौरजहारी नगरपालिका–१२ को साना खोलास्थित भित्री सडक खण्डमा कुलो निर्माणका लागि ढुङ्गा बोकेर जाँदै गरेको कर्णाली प्रदेश ०३–००१ त ०००१ नम्बरको ट्याक्टर ब्रेक फेल भई दुर्घटनामा परेको हो ।
ट्याक्टर सडकदेखि झन्डै ८० मिटर तल खसेको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते हुनेहरूमा चौरजहारी नगरपालिका–११ का ९ वर्षीय डिल्ली डाँगी, १२ का ४३ वर्षीय बलु जैसी, १२ वर्षीय कल्पना वली, ४३ वर्षीय शरद शर्मा, चौरजहारी–५ का २३ वर्षीय चालक लक्ष्मण कुमाईं र २० वर्षीय विकास कुमाईं रहेका छन् ।
उनीहरूको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इङ्गल्यान्ड र क्रोएसियाबिच खेल २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण