ट्रम्पको चुनावी अभियानलाई एउटै दाताले दिए ५ करोड डलर
वासिङ्टन डीसी । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा एकल दाताले ५ करोड डलर दान दिएका छन् । अर्बपति टिमोथी मेलनले ट्रम्पको चुनावी अभियानलाई सो सहायता गरेको सङ्घीय फाइलिङले देखाएको भन्दै बीबीसीले समाचार छापेको छ ।
मेलन पिट्सबर्गस्थित मेल बैंकिङ परिवारका एक उत्तराधिकारी हुन् । ट्रम्पको अभियानका लागि अर्को १ करोड डलर भने अर्बपति लिज र डिक यूइह्लिनले दिएका छन् ।
आफ्नो व्यापार व्यवसायको हरहिसाब बढाइचढाइ गरेको मामिलामा ट्रम्पमाथि ३४ ओटा अभियोग लागेको भोलिपल्ट मेलनले उनलाई सो रकम दान दिएको अमेरिकी सञ्चार माध्यमहरूले बताएका छन् । राष्ट्रपतिका स्वतन्त्र उम्मेदवार रोबर्ट एफ केनेडी, जुनियरका लागि पनि मेलन सबैभन्दा ठुला एकल दाता हुन् । उनले केनेडीलाई कम्तीमा २ करोड डलर दान दिएका छन् ।
मेलनको परिवारको नेटवर्थ १४ अर्ब डलरभन्दा बढी रहेको अमेरिकी आर्थिक पत्रिका फोब्र्सको अनुमान छ । बाइडेन समर्थक अभियानलाई अर्का अर्बपति माइक ब्लुम्बर्गले करीब २ करोड डलर दिएको भन्दै रोयटर्सले समाचार छापेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण