आइतबार, ०६ साउन २०८१
ताजा लोकप्रिय

कोटेश्वरमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु

शुक्रबार, ०७ असार २०८१, १८ : ०९
शुक्रबार, ०७ असार २०८१

काठमाडौँ । काठमाडौँको कोटश्वरमा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कोटेश्वरबाट जडिबुटीतर्फ जाँदै गरेको टिपर र सोही दिशामा जाँदै गरेको स्कुटर ठोक्किँदा स्कुटरमा सवार एक महिलाको मृत्यु भएको हो । 

बा३क ३०५३ नम्बरको अलकत्र बोक्ने टिपरमा बागमती प्रदेश ०२–०३९ प ९९५२ नम्बर स्कुटर ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा स्कुटरमा सवार लक्ष्मी श्रेष्ठको मृत्यु भएको हो । घटनापछि प्रहरीले टिपर चालक सोमबहादुर तामाङलाई पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त बानेश्वरमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप