भक्तपुरमा गाडीले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु
शनिबार, ०८ असार २०८१, १९ : २१
भक्तपुर । भक्तपुर नगरपालिका–१ घलातेमा आज सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नंको सुमोले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते बाग्लुङ गलकोट नगरपालिका–१० का ३५ वर्षीय मनबहादुर घर्तीको भक्तपुर अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिए ।
प्रहरीले दुर्घटना गराउने सवारी साधन र चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ बस्ने ५४ वर्षीय मधुकर केसीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण