सर्पदंशको त्रासमा बङ्गलादेश
आइतबार, ०९ असार २०८१, १४ : ०७
ढाका । बंगलादेशमा सर्पदंशका घटना निकै बढेका छन् । देशभरका सबै स्वास्थ्य केन्द्र र अस्पतालहरूलाई सर्पको विषको एन्टीडोट थुपारेर राख्न आदेश दिइएको छ ।
स्वास्थ्य मन्त्री डा. सामन्त लाल सेनले सर्पले टोकेका मानिसहरूलाई सकेसम्म छिट्टै अस्पताल ल्याउन सर्वसाधारणलाई अनुरोध गरेका छन् । ग्रामीण बङ्गलादेशका अस्पतालहरूमा सर्पदंशका बिरामी बढेका छन् ।
खासगरी दक्षिण एशियामा बढी पाइने रसेल्स भाइपरको टोकाइमा पर्नेको सङ्ख्या बढी छ । हालैका हप्तामा सर्पदंश बङ्गलादेशी सामाजिक सञ्जालमा चर्चाको विषय पनि बनेको छ ।
सन् २०२३ मा भएको एउटा अध्ययनअनुसार हरेक वर्ष झन्डै ७ हजार जना बङ्गलादेशी सर्पको टोकाइबाट मर्ने गरेका छन् । रसेल्स भाइपर सन् २००२ तिरै बंगलादेशबाट लोप भइसकेको थियो । तर पछिल्लो समय यो सर्प पुनः देखिन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘संस्थापन इतरका नेता-कार्यकर्ता ‘लास र दास’ होइनन्, कांग्रेसका असली भरोसा हुन्’
-
दुई विमानस्थलमा ५० प्रतिशत छुट दिने सरकारको निर्णय
-
मन्त्रिपरिषद् बैठकका ६ निर्णयहरू सार्वजनिक
-
नयाँ पार्टी निर्माणको प्रक्रियामा लाग्नुपर्छ : मोहनबहादुर बस्नेत
-
बर्ड फ्लु नियन्त्रणतर्फ, साउनयता नयाँ सङ्क्रमण शून्य
-
सरकार र मिटरब्याज पीडितबिचको सम्झौता अनुमोदन, मिटरब्याजसँग सम्बन्धित सबै लिखत अवैध घोषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण