सर्पदंशको त्रासमा बङ्गलादेश
आइतबार, ०९ असार २०८१, १४ : ०७

ढाका । बंगलादेशमा सर्पदंशका घटना निकै बढेका छन् । देशभरका सबै स्वास्थ्य केन्द्र र अस्पतालहरूलाई सर्पको विषको एन्टीडोट थुपारेर राख्न आदेश दिइएको छ ।
स्वास्थ्य मन्त्री डा. सामन्त लाल सेनले सर्पले टोकेका मानिसहरूलाई सकेसम्म छिट्टै अस्पताल ल्याउन सर्वसाधारणलाई अनुरोध गरेका छन् । ग्रामीण बङ्गलादेशका अस्पतालहरूमा सर्पदंशका बिरामी बढेका छन् ।
खासगरी दक्षिण एशियामा बढी पाइने रसेल्स भाइपरको टोकाइमा पर्नेको सङ्ख्या बढी छ । हालैका हप्तामा सर्पदंश बङ्गलादेशी सामाजिक सञ्जालमा चर्चाको विषय पनि बनेको छ ।
सन् २०२३ मा भएको एउटा अध्ययनअनुसार हरेक वर्ष झन्डै ७ हजार जना बङ्गलादेशी सर्पको टोकाइबाट मर्ने गरेका छन् । रसेल्स भाइपर सन् २००२ तिरै बंगलादेशबाट लोप भइसकेको थियो । तर पछिल्लो समय यो सर्प पुनः देखिन थालेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिकोणात्मक टी–ट्वान्टी आई सिरिजः नेदरल्यान्ड्समाथि नेपालको रोमाञ्चक जित
-
इरानले ‘ठूलो मूल्य चुकाउनु पर्ने’ नेतन्याहूको चेतावनी
-
इरान इजरायल तनाव: हालसम्म कतिको मृत्यु, कति घाइते ?
-
नेदरल्यान्ड्सविरुद्ध भुर्तेलको अर्धशतक, नेपाल जिततर्फ
-
कर्णालीमा बजेट असार १ गते ल्याइयो, राजस्व र विनियोजन विधेयक बिहीबार
-
कार्यभार सम्हालेपछि महानगर प्रहरी प्रमुख पाण्डेले भने - पुरानो कुरा बिर्सिन चाहन्छु