सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ । उदयपुर र स्याङ्जामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
उदयपुरको बेलका नगरपालिका-५ घुम्नेस्थित सडकमा सुपाडेबाट चतारातर्फ जाँदै गरेको अनटेस्ट मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-५ लालिगुराँस टोल बस्ने ८० वर्षीया मायासरी राईको आइतबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यता स्याङ्जाको वालिङ नगरपालिका-८ मिर्दीस्थित सडकमा बुटवलबाट पोखरा तर्फ जाँदै गरेको ग.१ ख ६२३७ नम्बरको बसको ठक्करबाट बिरुवा गाउँपालिका-६ चिन्नेबास बस्ने ८२ वर्षीय दुर्गा बहादुर थापाको आइतबार दिउँसो मृत्यु भएको छ । उक्त बसबाट झरी बाटो काट्ने क्रममा सोही बसले ठक्कर दिँदा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमान्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण