बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

धरानमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

मङ्गलबार, ११ असार २०८१, १८ : ३९
मङ्गलबार, ११ असार २०८१

सुनसरी । धरान उपमहानगरपालिका-१७ रेल्वेस्थित सडकमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । प्र.१-०२-०५ प ८७५३ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ३९ वर्षीया रत्न कुमारी राईको मृत्यु भएको हो । 

स्कुटरले सोमबार राति ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा मंगलबार दिउँसो उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तत्काल फरार रहेका स्कुटर चालकलाई प्रहरीले खोजी गरी नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप