प्रेमकथा र एक्सन विषयमा नयाँ फिल्म बनाउँदै निर्देशक ऋषि न्यौपाने
काठमाडौँ । निर्देशक ऋषि न्यौपाने नयाँ फिल्मको तयारीमा जुटेका छन् । प्रेमकथा र एक्सन विषयमा उनले फिल्म बनाउन लागेका हुन् । लेखन कार्य अन्तिम चरणमा रहेको फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता भएपनि मात्र सार्वजनिक गर्ने निर्देशक न्यौपानेको योजना छ ।
फिल्ममा विकास चौधरीको संगीत रहनेछ । चौधरीले फिल्मको २ गीत कम्पोज गरिसकेका छन् । केही दिनमै चर्चित गायक गायिकाको स्वरमा रेकर्ड हुने संगीतकार चौधरीले बताए ।
फिल्म अभिनयका लागि न्यौपानेले अहिले चलेका कलाकारहरूसँग कुराकानी गरिरहेका छन् । फिल्ममा मल्टीस्टार कलाकार रहने निर्देशक न्यौपानेले जानकारी दिए ।
‘ अहिले फिल्मको व्यवसाय भन्न सक्ने अवस्था छैन’, निर्देशक न्यौपानेले भने ‘ व्यवसायको राम्रो कथा, मल्टीस्टार कलाकार नभए सम्भव छैन ।’ निर्माताको लगानी जोगाउन र विदेशमा फिल्म पुर्याउन पनि मल्टिस्टार कलाकार आवश्यक हुने न्यौपानेले सुनाए ।
निर्देशक न्यौपाने फिल्मकै लागि केही दिन पहिले अमेरिकाबाट नेपाल आएका हुन् । फिल्म पोखरा, जोमसोङ, मनाङ, घलेगाउँलगायका स्थानमा छायाङ्कन गर्ने योजना उनको छ । फिल्मको लोकेसन फिक्स गर्न उनी अहिले उपत्यका बाहिर छन् ।
‘खलनायक’, ‘टक्कर दुई मुटु’, ‘डन’, ‘मेरो राजेश दाइ’लगायत धेरै फिल्म निर्देशक गरेका गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण