मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२४’ बने सन्ध्या र सरोज
काठमाडौँ । ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२४’ को उपाधि क्रमशः सरोज सुनार र सन्ध्या विश्वकर्माले जितेका छन् । काठमाडौँमा आयोजित फिनालेमा उनीहरुले उपाधि चुमेका हुन् ।
महिलातर्फ जेसिका घिमिरे फस्र्ट रनरअप र आकृति घतानी सेकेन्ड रनरअप बने भने पुरुषतर्फ राजेन्द्र दुतराज र सिर्जन विश्वकर्मा क्रमशः फस्र्ट रनरअप र सेकेन्ड रनरअप बनेका छन् । मोडल तथा कोरियोग्राफर सञ्जय विश्वकर्माको कोरियोग्राफी प्रतियोगितामा रहेको थियो ।
प्रतियोगितामा काठमाडौँसँगै इटहरी, धादिङ, बुटवल, पोखरा, चितवनलगायत विभिन्न जिल्लाका २५ जना प्रतियोगीले अन्तिम प्रस्तिस्पर्धा गरेका थिए । प्रतियोगितामा चार प्रदेशबाट ‘मिस्टर एण्ड मिस विश्वकर्मा’का उपाधि जितेका चार जना महिला पुरुषको सहभागी थियो ।
कार्यक्रम आयोजक संस्था बिब्रोस् इन्टरटेनमेन्टका अध्यक्ष समेत रहेका सञ्जय विश्वकर्माले ‘मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’ विश्वकर्मा समुदायको युवाहरुका लागि मञ्च निर्माण गर्नु पर्छ भन्ने उदेश्यले प्रतियोगिता आयोजना गरेको बताए । विश्वकर्मा समुदायको युवा यस मञ्चले प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्याउने उनको भनाई छ ।
फिनालेमा विजेताहरूलाई ‘गिफ्ट ह्याम्पर’ प्रदान गरिएको थियो । त्यस्तै बि एण्ड सी कम्पनी दुबईले विजेतालाई सात दिनको दुबई भ्रमण गराउने घोषणा गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण