राष्ट्रिय हितका लागि कांग्रेस र एमालेबिच सहमति भएको हो : प्रवक्ता डा. महत
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले राजनीतिक स्थायित्वका लागि कांग्रेस र एमालेबिच सहमति भएको दाबी गरेका छन् । मंगलबार सभापति निवास बूढानीलकण्ठमा भएको पदाधिकारी बैठकबारे जानकारी दिँदै उनले देशमा अस्थिरताको शृङ्खला लामो समय गुज्रिएकाले व्यवस्थाको रक्षाका लागि सहमति भएको उनले दाबी गरेका हुन् ।
उनले पहिलो चरणमा एमालेका अध्यक्ष केपी ओलीको नेतृत्वमा सरकार गठबन्धन गर्ने र दोस्रो चरणमा देउवाको नेतृत्वमा आलोपालो प्रधानमन्त्री बन्ने सहमति भएको महतले बताए ।
‘राजनीतिक स्थायित्वको लागि मुख्य राजनीतिक दल कांग्रेस र एमालेबिच सहमति भएको हो । यसलाई सहमतिको सरकार बनाउन ओलीको नेतृत्वमा सहमतिको सरकार बनाउने सहमति भएको छ । यसैलाई राष्ट्रिय सहमतिको सरकार बनाउन अन्य दललाई समेट्ने प्रयास गर्नेछौँ । यसले आर्थिक समस्या समाधानसहित बृहत्तर राष्ट्रिय हितका पक्षमा सहमति भएको छ ’, महतले भने ।
यस्तै उनले सोमबार राति राष्ट्रपति निवासमा देउवा र ओली गएको समाचारमा कुनै सत्यता नभएको जिकिर गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण