कोरोनापछि फिल्म पाउन कठिन छ – अनु शाह
काठमाडौँ । अभिनेत्री अनु शाह करिब ५ वर्षपछि फिल्ममा कमब्याक गर्दै छिन् । उनको कमब्याक फिल्म ‘ईश्वर’ आगामी साउन ११ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । कमब्याक फिल्म सफल हुनेमा उनी विश्वस्त छिन् ।
५, ६ वर्ष अगाडि उनको फिल्म तथा म्युजिक भिडियो दुबैमा व्यस्तता थियो । तर, कोभिडपछि उनले फाट्टफुट्ट म्युजिक भिडियो पाए पनि फिल्म भने शून्य भयो । करिब ५ वर्षमा उनले फिल्म ‘ईश्वर’ अभिनय गरिन् ।
फिल्म ‘ईश्वर’ले हालै आयोजना गरेको एक कार्यक्रममा उनले निरन्तर फिल्म पाइरहन कठिन भएको बताइन् । ‘‘ईश्वर’ मैले ४-५ वर्षपछि गरेकी हुँ । बीचमा कुनै फिल्म गरिनँ । अफर नै नआएको चाहिँ होइन । यद्यपि, विभिन्न कारणले गरिनँ’ उनले भनिन् ।
‘कोरोना अगाडि मलाई फिल्मको अफर आइरहेकै थियो । म्युजिक भिडियो त म हप्ताभरि नै गरिरहेकी हुन्थेँ । अहिले पनि म्युजिक भिडियोको चाहिँ कमी छैन’, उनले अगाडि भनिन् ‘ तर, कोरोनापछि पैसाको खडेरीले होला फिल्म नै कम बनिरहेका छन् । म्युजिक भिडियो पनि धेरै नै कम छ ।’ ५ वर्षमा राम्रो फिल्म गर्न पाए हुन्थ्यो भन्ने लागेको उनले सुनाइन् । प्रायः स्थापित ब्यानरहरूमा आफ्नै कलाकार हुनु र कोरोनापछि फिल्म बन्न कमी हुँदा धेरै कलाकारहरूलाई काम एकदमै कम मिलिरहेको छ भन्ने उनलाई लाग्छ ।
अनुले डेढ दशकको करियरमा लगभग दुई दर्जन फिल्म अभिनय गरेकी छन् । ईश्वर राजु गिरीको निर्देशन रहेको फिल्म हो । फिल्ममा पृथ्वीराज प्रसाई, अनु शाह, ध्रुव थापा, सुनिल थापा, बुद्धि तामाङ, सबिन बास्तोला, माओत्से गुरुङ, रविन्द्र झा, कृष्टि गुरुङ, शिशिर वाङ्देल, गीता अधिकारी, कृष्टि गुरुङलगायतको अभिनय छ ।
दिव्या कंगना फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा हरिबहादुर थापाले निर्माण गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण