‘आउटल : दफा २१९’मा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्सन ?
काठमाडौँ । केही अगाडि फस्टलुक सार्वजनिक गरिएको फिल्म ‘आउटल : दफा २१९’ अभिनेता सुशील श्रेष्ठको मुख्य भूमिका छ । केही दिनमै टिजर ल्याउने तयारी गरिएको फिल्म असोजको ३ गतेबाट रिलिज गर्ने तयारी निर्माण पक्षको छ ।
यसैबिच, निर्माणपक्षले फिल्म भित्रको सुशीलको केही तस्बिर सार्वजनिक गरेको छ । जहाँ, सुशील नेपाल आर्मीले प्रयोग गर्ने हेलिकप्टरमा देखिएका छन् । यसले, फिल्ममा सुशीलको नेपाल आर्मीसँग कस्तो कनेक्सन होला भन्ने कौतुहलता जगाएको छ । फिल्मको छायाङ्कन त्रिभुवन विमानस्थलमा रहेको नेपाल आर्मीको हेलिकप्टर पार्किङ एरियामै भएको छ ।
अमित अग्रहरीको निर्माणमा तयार भएको यो फिल्मलाई विक्की महर्जनले निर्देशन गरेका हुन् । विक्की महर्जनकै लेखन रहेको यो फिल्ममा नरेश पौडेल, शिक्षा संग्रौला, सुमन भण्डारी, हेम गुरुङ, सोनी लागुन लगायतको पनि अभिनय देख्न सकिनेछ ।
विनोद कडायत र सशांक खड्का कार्यकारी निर्माता रहेको फिल्ममा विकास चौधरी सह–निर्माताको रूपमा छन् । नवीन गुरुङको डीओपी रहेको यो फिल्ममा साहिल खानको सम्पादन छ । चुल्ठे काजीको एक्सन रहेको फिल्मका प्रोडक्शन म्यानेजर ईश्वर घिमिरे हुन् । यो फिल्मलाई नेपालभर डीसीएनले वितरण गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेनाल्टीमार्फत ओयारजाबालको गोल, फ्रान्सविरुद्ध स्पेनलाई सुरुवाती अग्रता
-
फ्रान्स र स्पेनबिचको विश्वकप सेमिफाइनल सुरु: सबैको नजर एम्बापे र यामालतिर
-
जेनजी अभियन्ताहरूलाई सीमाविद् बुद्धि नारायण श्रेष्ठद्वारा सम्मान
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण