ठुलो पदमा हुँदा मात्र ठुलो मान्छे बन्ने होइन : सुनिता डंगोल
शनिबार, २२ असार २०८१, १८ : ०१
काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले विद्यार्थीहरूले सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने बताएकी छिन् । शनिबार एसईई परीक्षामा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिन आयोजित कार्यक्रममा उनले एसईईसम्म किताबी ज्ञानलाई ध्यान दिए पनि अब सीप र क्षमता विकासमा ध्यान दिनुपर्ने सुझाव दिएकी हुन् ।
त्यस्तै उनले साथी संगतले भन्दा पनि आफूलाई मन लागेको विषय छनोट गरे उच्च शिक्षा हासिल गर्न पनि सुझाइन् । ‘ठुलो पदले मात्र ठुलो मान्छे बन्ने होइन । आफ्नो परिवार, देश र समाजको बारेमा सोचेर कसरी राम्रो काम गर्न सकिन्छ भनेर पढ्नुपर्छ । जब हामीले मनैदेखि अरूका लागि काम र कल्पना गर्न सक्छौ, त्यो बेला नै हामी ठुलो मान्छे र असल नागरिक बन्न सक्छौ । रोजेको पेसाबाट राष्ट्रको लागि काम गर्न सक्छौ,’ उनले भनिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदहरूलाई रास्वपाको निर्देशन : निर्वाचन क्षेत्रमा जाँदा पार्टीसँग समन्वय गर्नू
-
डा. देवेन्द्रराज पाण्डेको साधना मुख्यतः स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
-
ट्रम्पले ५० प्रतिशत नयाँ ट्यारिफ लगाएपछि वार्ताका लागि तयार भयो क्यानडा
-
रहेनन् दुई पटकका बेलोन डे'ओर विजेता
-
नागरिकका असन्तुष्टि र सुझाव सम्बाेधन गर्न सरकार तयार छ : प्रधानमन्त्री बालेन
-
ट्रम्पको नयाँ एयर फोर्स वनमा सुरक्षा प्रणाली थपिँदै, सुधारअघि सीमित प्रयोगको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण