१७ लाख युरोमा बिक्यो नेपोलियनको पेस्तोल
पेरिस । फ्रान्सेली सम्राट् नेपोलियन बोनापार्टको दुई ओटा पेस्तोल झन्डै १७ लाख युरोमा बिक्री भएका छन् । ती पेस्तोल पेरिसको बन्दुक निर्माता कम्पनी लुइँ–मारिन गोसेटले बनाएको थियो । पेस्तोल लिलामीमा १२ लाखदेखि १५ लाख युरोमा बिक्ने अनुमान गरिएको थियो । तर यसले १६ लाख ९० हजार युरो पायो ।
पेस्तोल ओसेनट लिलामी घरमा आइतबार बिक्री भएको हो । फ्रान्सको संस्कृति मन्त्रालयले हालै यी वस्तुहरूलाई राष्ट्रिय सम्पत्तिको रूपमा वर्गीकरण गर्दै यिनीहरूको निर्यातमा प्रतिबन्ध लगाएपछि पेस्तोल लिलाम बिक्री भएका छन् ।
पेस्तोलको नयाँ मालिकको नाम खुलाइएको छैन । फ्रान्स सरकारसँग नयाँ मालिकसँग पेस्तोल किन्न अब ३० महिनाको समय छ । यसको अर्थ पेस्तोललाई अस्थायी रूपमा मात्रै फ्रान्सबाट बाहिर लैजान सकिनेछ ।
विदेशी शक्तिसामु आफ्नो सेनाले हार बेहोरेपछि सत्ता गुमाएका बोनापार्टले सन् १८२४ को अप्रिल २ को रात यी दुई पेस्तोललाई आत्महत्या गर्न प्रयोग गरेका थिए तर सेनाका एक अधिकारीले बारुद झिकिदिएकोले पेस्तोल पड्किएन । अनि आत्महत्या गर्न उनले विष खानुपर्यो । पेस्तोलसँगै यसलाई राख्न प्रयोग गरिएको मौलिक बक्सालगायतका सामान पनि लिलामीमा बेचिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फोहोर सम्झिएर नफाल्नुहोस् तरकारी तथा फलफूलका बोक्रा र चियापत्ती
-
२० मेगावाटसम्मका आयोजना प्रदेश सरकारले निर्माण गर्ने
-
त्रियुगा क्षेत्रमा गर्मीले जनजीवन प्रभावित
-
मुख्यमन्त्री विजयसँग प्रेम सम्बन्धको भाइरल हल्लाबिच तृषाले तोडिन् मौनता
-
तुलसी अधिकारीको थुनछेक बहस सुरु
-
कोरम नपुगेपछि सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण