आईसीसीको अध्यक्ष बन्न बीसीसीआईको सचिव पद त्याग्ने तयारीमा जय शाह
काठमाडौँ । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले आफ्नो पदबाट राजीनामा दिने बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार उनी अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)को अध्यक्ष पदमा चुनाव लड्ने तयारीमा छन् ।
आईसीसीको निर्वाचन आगामी नोभेम्बरमा हुने समाचारमा जनाइएको छ । जय शाह र बीसीसीआईले भने आधिकारिक रूपमा यस विषयमा केही बताएका छैनन् । आईसीसीको वार्षिक साधारणसभा यसै महिना श्रीलंकाको कोलम्बोमा हुने भएको छ ।
तर, वार्षिक साधारण सभाको एजेन्डामा अध्यक्ष पदको निर्वाचनलाई भने समेटिएको छैन । यदि जय शाह आईसीसीको अध्यक्षमा निर्वाचित भए भने उनी हालसम्मकै सबैभन्दा कम उमेरका अध्यक्ष बन्नेछन् । हाल न्युजिल्यान्डका ग्रेड बार्कले आईसीसीको अध्यक्ष पदमा आसीन छन् ।
जय शाह सन् २००९ देखि भारतीय क्रिकेट राजनीतिमा सक्रिय भएका हुन् । बीसीसीआईको सचिव बन्नुअघि उनी गुजरात क्रिकेट संघको सचिव थिए । उनी सन् २०१५ मा बीसीसीआईमा जोडिएका थिए ।
त्यसको चार वर्षपछि सन् २०१९ मा उनी बीसीसीआईको सचिव बनेका हुन् । उनले आईसीसीको अध्यक्ष पदमा निर्विरोध निर्वाचित हुने तयारी अगाडि बढाएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण