गिल र सुन्दर चम्किँदा भारतलाई शृङ्खलामा अग्रता
हरारे । तेस्रो टी–२० मा जिम्बाब्वेलाई २३ रनले पराजित गर्दै भारतले पाँच खेलको शृङ्खलामा २–१ को अग्रता बनाएको छ । भारतले प्रस्तुत गरेको १ सय ८३ रनको लक्ष्य पछ्याउँदा जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५९ रन मात्र बनाउन सक्यो ।
जिम्बाब्वेलाई रोक्न प्लेयर अफ द म्याच घोषित वासिङ्टन सुन्दरले शानदार बलिङ गर्दै ३ विकेट लिए । उनले ४ ओभरमा मात्र १५ रन खर्चिए । अभेष खानले २ तथा खलिल अहमदले १ विकेट लिए ।
जिम्बाब्वेका लागि डियोन मायर्सले नटआउट रहँदै ६५ रन बनाए पनि टोलीलाई लक्ष्यसम्म पुर्याउन सकेनन् । उनले ४९ बलमा ७ चौका र १ छक्का हिर्काए ।
क्लाइभ मडान्डेले २६ बलमा ३७ रनको योगदान दिए भने वेलिङटन मसाकाड्जाले १८ रन तथा कप्तान सिकन्दर राजाले १६ बलमा १५ रन जोडे ।
यसअघि कप्तान शुभमन गिलले अर्धशतक बनाएपछि भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ८२ रन बनाएको थियो । गिलले ४९ बलमा ७ चौका र ३ छक्का प्रहार गरे ।
रुतुराज गायकवाडले २८ बलमा ४९ रन बनाए । उनले ४ चौका र ३ छक्का प्रहार गरे । यशस्वी जैसवालले २७ बलमा ३६ रनको योगदान दिए ।
जिम्बाब्वेका लागि ब्लेसिङ मुजाराबानी र सिकन्दर राजाले २–२ विकेट लिए ।
पहिलो खेलमा भारत जिम्बाब्वेसँग १३ रनले पराजित भएको थियो । दोस्रो खेलमा शानदार कम्ब्याक गर्दै भारतले १ सय रनको जित हासिल गर्यो । अब चौथो खेलमा शनिबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण