‘भक्तबीरसिंह तुलाधर फाउन्डेसन इन्डोर टी–१० क्रिकेट’ साउनमा
काठमाडौँ । अर्को महिना काठमाडौँमा ‘भक्तबीरसिंह तुलाधर फाउन्डेसन इन्डोर टी–१० क्रिकेट च्याम्पियनसिप’ आयोजना हुने भएको छ । प्रतियोगिता साउन २२ देखि २६ गतेसम्म सञ्चालन हुने जानकारी बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिइयो ।
‘वर्षायाममा पनि क्रिकेट’ भन्ने नारासहित आयोजना हुन लागेको उक्त प्रतियोगितामा कुनै पनि क्लब र समूहले भाग लिन पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेता टोलीले एक लाख ८० हजार रुपैयाँ नगद पुरस्कार पाउने छ ।
यसैगरी उप–विजेता टोलीले ८० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने छ । उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरलाई पनि जनही पाँच हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने बताइएको छ । प्रत्येक खेलको म्यान अफ दी म्याचलाई पनि एक हजार रुपैयाँ पुरस्कार दिइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण