प्रतिनिधिसभा बैठक
माओवादीले सोध्यो– के हो मध्यरातमा भएको छलछामको सहमति ?
शुक्रबार, २८ असार २०८१, १४ : ४९

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद हितराज पाण्डेले एमाले र कांग्रेसबिच भएको सहमति सार्वजनिक गर्न माग गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीले विश्वासको मत लिने क्रममा बोल्दै उनले दुई दलबिच छलछामको सहमति भएको बताए ।
सांसद पाण्डेले भने,‘मध्यरातको छलछामपूर्ण सहमति थियो भन्ने देखिएको छ । त्यो आजसम्म पनि सार्वजनिक गरिएको छैन । के थियो त्यो सहमति ? कहाँ गयो त्यो ? छलछाम गरेर राष्ट्रिय सहमति हुन सक्दैन । सहमतिमा के भएको छ, त्यो जनताले हेर्न नपाउने ? सांसदले सुन्न पनि नपाउने ?’
उनले सहमति पछि भन्दा अगाडि थाहा पाउनु पर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुनको प्रभाव : बाढी-पहिरोले अवरुद्ध छन् यी राजमार्ग
-
असंलग्न परराष्ट्र नीतिको सान्दर्भिकताबारे चर्चा
-
जुम्लामा ट्रयाक्टर दुर्घटनाः एक जनाको मृत्यु, चार घाइते
-
सान फ्रान्सिस्कोबाट मुम्बई आइरहेको एयर इन्डियाको उडानमा खराबी, कोलकातामा ओरालियो यात्रु
-
काठमाडौँ महानगरमा मनसुन अवधिभर सडक तथा फुटपाथ खन्न रोक
-
मानिसहरूले तुरुन्तै तेहरान छोड्नुपर्छ: ट्रम्प