मुख्यमन्त्री र पूर्व मुख्यमन्त्रीको जम्काभेट : के भयो कुराकानी ?
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेल र प्रथम मुख्यमन्त्री महेन्द्रबहादुर शाहीबिच जम्काभेट भएको छ । शनिवार सुर्खेत विमानस्थलमा वर्तमान र पूर्व मुख्यमन्त्रीबिच भेटघाट भएको हो ।
प्रतिनिधिसभा सदस्य समेत रहेका पूर्व मुख्यमन्त्री शाही काठमाडौँबाट सुर्खेत आउँदै थिए भने मुख्यमन्त्री कँडेल एक कार्यक्रमका लागि काठमाडौँ जाँदै थिए । विमानस्थलको भीआईपी कक्षमा उनीहरूबिच वर्तमान राजनीतिक समीकरण र कर्णालीको विकास र समृद्धिका विषयमा छलफल भएको थियो ।
पूर्व मुख्यमन्त्री शाहीले केन्द्रमा राजनीतिक अवस्था जे–जस्तो भए पनि कर्णालीको विकास र समृद्धिका लागि सबै दलहरू मिलेर अघि बढ्नुपर्ने सुझाव दिएका थिए । जवाफमा मुख्यमन्त्री कँडेलले आफूले केही गर्ने प्रयास गरे पनि दलहरूको सहयोग नपाएको गुनासो गरेका थिए ।
शाहीले कँडेलसँग भने– ‘केन्द्रमा गठबन्धन बदलिएको र त्यसको प्रभाव स्वतः प्रदेशमा परिहाल्छ नै । यस्ता राजनीतिक परिवर्तन भइरहन्छन् नै । तपाईँ आफ्नो कार्यकालमा केही प्रदेश रणनीतिक आयोजनामा बजेट केन्द्रित गर्नुहोस् । त्यसरी गर्दा रिजल्ट निकाल्न सकिन्छ ।’
जुनसुकै पार्टी सरकारमा सहभागी भए पनि सबैको उद्देश्य कर्णालीलाई अहिलेकै अवस्थाबाट माथि उठाउने रहनुपर्ने कुरा आफूले सुझाव दिएको शाहीले बताए । शाहीले आगामी वर्षका लागि बनेको बजेट विकेन्द्रित बनेको बताए । ‘हिजो पनि त्यस्तै थियो, तैपनि हामीले हस्तक्षेप गरेर केही रणनीतिक आयोजना अघि सारेका थियौँ, अहिले रिजल्ट आउँदै छ,’ शाहीले भने, ‘प्रदेश रङ्गशाला अब केही महिनामै निर्माण सम्पन्न हुन्छ ।’
आफूले मुख्यमन्त्रीलाई बजेट छैन भन्नेतर्फ भन्दा पनि केही रणनीति योजनाहरू अगाडि बढाउन आग्रह गरेको बताए । उनीहरूबिच प्रदेश राजधानी वीरेन्द्रनगरको खानेपानी समस्याको विषयमा पनि छलफल भएको थियो । उपत्यकाको दीर्घकालीन खानेपानी समाधानका लागि भेरी नदीको पानी उपत्यकामा ल्याउने योजना अघि सारिएको छ । तर त्यो अहिलेसम्म अघि बढेको अवस्था भने छैन ।
‘त्यो भन्दा पनि आफू मुख्यमन्त्री भएको बेला सोतखोला (उपत्यका भन्दा उत्तरतर्फ पर्ने) को योजना अघि सारेका थियौँ,’ पूर्व मुख्यमन्त्री शाहीले भने– ‘ड्याम बाँधेर टनेलमार्फत उपत्यकामा पानी ल्याउँदा खानेपानीसँगै सिँचाइका लागि पनि पर्याप्त हुन्छ । जति पैसा लागे पनि यो आयोजना अगाडि बढाउन लागौँ भनेको हुँ ।’ भेरी पम्पिङ्ग भन्दा उक्त योजना दीर्घकालीन हुने शाहीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण