सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौँ । कैलाली र सुनसरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
कैलाली, गोदावरी नगरपालिका-५ गेटा स्थित सडकमा अत्तरियाबाट धनगढीतर्फ जाँदै गरेको सु.प.प्र.०१-००८ प ३३३७ नम्बरको मोटरसाइकल शुक्रबार राति दुर्घटना हुँदा चालक धनगढी उपमहानगरपालिका-४ उत्तरबेहडी बस्ने ३५ वर्षीय भीम बहादुर पुनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो ।
सुनसरी, कोशी गाउँपालिका-६ श्रीपुर स्थित सडकमा प्र.१-०४-००१ प ०१०५ नम्बरको मोटरसाइकल र प्र.१-०२-०४१ प ४४९५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई गए राति दुर्घटना हुँदा प्र.१-०२-०४१ प ४४९५ नम्बरको मोटरसाइकल चालक कोशी गाउँपालिका-६ बस्ने प्रकाश भगतको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको गोल्डेन अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका दुवै मोटरसाइकलमा सवार अन्य ३ जनालाई उपचारको लागि आर्या न्युरो अस्पताल विराटनगरतर्फ पठाइएको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफको रोमान्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
-
जी–७ सम्मेलनपछि अमेरिकी राष्ट्रपति ट्रम्प पेरिसमा, म्याक्रोनसँग राजकीय रात्रिभोज गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण