युनाइटेडद्वारा नेदरल्याण्ड्सका स्ट्राइकर जर्कजी अनुबन्ध
ओल्ड ट्राफोर्ड । म्यानचेस्टर युनाइटेडले बोलोग्ना र नेदरल्याण्ड्सका स्ट्राइकर योसुवा जर्कजीलाई ३६.५४ मिलियन पाउन्डको सम्झौतामा अनुबन्ध गरेको छ । २३ वर्षीय खेलाडीले ओल्ड ट्राफोर्डमा थप १२ महिनाको विकल्पको साथ पाँच वर्षको सम्झौतामा हस्ताक्षर गरेका हुन्।
जर्कजीको बोलोग्नामा ३३.६ मिलियन पाउन्डको रिलीज क्लज समावेश थियो । तर युनाइटेडले तीन वर्षको अवधिमा शुल्क तिर्नको लागि थोरै बढेको मूल्यमा सहमत हुन रोज्यो।
गत डिसेम्बरमा सर जिम र्याट्क्लिफले क्लबको २७.७% हिस्सेदारी खरिद गरेर सह-मालिक भएदेखि जर्कजी पहिलो अनुबन्धन हुन्। उनले गत सिजन ३७ खेलमा १२ गोल गरेका थिए । बोलोग्नाले यस सिजन च्याम्पियन्स लिगमा स्थान बनाएको थियो।
जिर्कजी २०१७ मा फेयेनुर्डबाट बायर्न म्युनिखमा पुगेका थिए । पाँच वर्षपछि पार्मा र एन्डरलेच्टसँग लोन स्पेलपछि उनी लगभग ७.१५ मिलियन पाउन्डमा बोलोग्ना स्थानान्तरण भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण