नवनियुक्त प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुकाे शपथ समाराेहमा जे देखियो (तस्बिरहरु)

काठमाडौँ । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीसहित २२ जना मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
प्रधानमन्त्री ओलीले शपथ ग्रहण गरेपछि २१ जना मन्त्री नियुक्तिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए । सिफारिस अनुसार राष्ट्रपतिले मन्त्रीहरूलाई नियुक्त गरेपछि सोमबार नै पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
ओली नेतृत्वको सरकारमा कांग्रेसबाट १०, एमालेबाट ८, जनता समाजवादी पार्टीबाट २ र लोकतान्त्रिक समाजवादी पार्टीबाट १ गरी २१ मन्त्री समेटिएका छन् । नवनियुक्त प्रधानमन्त्री ओलीसहित मन्त्रीहरुले शपथ लिँदा शीतल निवासमा देखिएका तस्बिहरुलाई हामीले क्यामेरामा कैद गरेका छौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बारामा २२५ किलो गाँजासहित ४ जना पक्राउ
-
तेह्र वर्षमा पनि बनेन कमला पुल, ठेक्का तोड्ने तयारी
-
संविधान कार्यान्वयनमा नेपाली प्रेसको भूमिका सराहनीय छ : प्रचण्ड
-
प्लेअफ नजिक पुगेको बेंगलुरु र प्रतियोगिताबाट बाहिरिइसकेको चेन्नई आमनेसामने
-
आईपीएलको अंकगणित : हैदराबाद बाहिरिने नजिक, विराटलाई सर्वाधिक रन बनाउने मौका
-
ओरेन्ज र पर्पल क्यापको दौडमा गुजरातका खेलाडी अगाडि