कालीकोटमा ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु, दुई घाइते
सोमबार, ३१ असार २०८१, २१ : ३६
मान्म । कालीकोटको रास्कोट नगरपालिका–५ आरसिपी बजार नजिकै ट्र्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
रास्कोट नगरपालिकाको आरसिपी बजारबाट फुकोटतर्फ जाँदै गरेको भे२च २६१२ नम्बरको ट्र्याक्टर आरसिपी बजार नजिकैको मोडमा दुर्घटना हुँदा घाइते भएका तीनमध्ये सुर्खेत घर भएका चालक वीर परियारको उपचारका लागि सुर्खेत लैजाने क्रममा आज बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा रास्कोट–२ सिप्खानाका १७ वर्षीय नम सार्की र रास्कोट नगरपालिका– ५ साहुवाडाका २२ वर्षीया प्रकाश तिरुवा घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अर्जुन केसीले जानकारी दिए । दुवै जनाको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण