भूकम्प पीडितका ६ अस्थायी टहरामा बाढीले क्षति, तीन बालिकाको मृत्यु
सुर्खेत । सोमबार राति रुकुम पश्चिमको आठबिसकोटमा बाढी, पहिरोले मानवीयसँगै भौतिक रूपमा ठुलो क्षति पुर्याएको छ । भूकम्पपछि बनाइएको अस्थायी टहरामा बाढी पस्दा तीन जना बालिकाहरूको मृत्यु भयो भने अन्य ७ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ८ वर्षीय हितमाया पुन, ५ वर्षीय धनिसा पुन र ४ वर्षीय मनिषा सार्की रहेका छन् । उनीहरूको माथिबाट आएको बाढीले टहरामा क्षति पुर्याउँदा च्यापिएर मृत्यु भएको हो । घटनामा ७ जना घाइते भएका छन् ।
घाइते हुनेहरूमा १२ वर्षीय विनय सार्की, २२ वर्षीय मनीषा पुन, २९ वर्षीय जनक खत्री, ६ वर्षीय मनसरी पुन, चार वर्षीय मेक्सन पुन, २८ वर्षीय धनमाया पुन र ६५ वर्षीय कल्पना कामी रहेका छन् । डिल्लीबहादुर डाँगी पत्ता भएका छन् । उनको खोजी कार्य पनि भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी, प्रहरी निरीक्षक बखत बहादुर शाहीले दिएको जानकारी अनुसार आठबिसकोट नगरपालिका–१२ झिमचौरमा माथिबाट आएको झिमचौर र तातोपानी खोलाको बाढीले स्थानीय शेरबहादुर पुनको अस्थायी टहरा बगाएको थियो । उनको घरमा ७ जना बसिरहेका थिए । ७ मध्ये तीनको मृत्यु भएको हो ।
पुनको घर गत कार्तिकमा गएको जाजरकोट भूकम्पमा परेर ध्वस्त भएको थियो । उनीमात्र हैन उक्त गाउँका अधिकांशको घर भूकम्पले भत्काएको थियो । अहिले अस्थायी टहरामा उनीहरू बसिरहेका थिए ।
आठबिसकोट नगरपालिकाका मेयर रवि केसीका अनुसार बिहान तीन बजेतिर माथिबाट आएको खोलाको बाढीले टहरामा क्षति पुर्याएको थियो । शेरबहादुर पुनकोसहित ६ वटा अस्थायी टहराहरूमा क्षति पुगेको केसीले रातोपाटीलाई बताए ।
‘घाइतेहरूलाई उद्धार गरेर राति नै नगर अस्पताल पठाएका छौँ,’केसीले भने, ‘रातभरि पानी परिरहेकाले क्षति भएका घरका मान्छेहरूलाई बाहिर पानीमै राख्यौँ । अरू विकल्प नै थिएन । अहिले त्यहीँ व्यवस्थापन गर्ने काम भइरहेको छ ।’
पानीले गर्दा अन्य केही ठाउँमा पनि क्षति पुर्याएको र घटनाबारे बुझ्ने काम भइरहेको छ । घटना पश्चात् जिल्ला सदरमुकामबाट नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरीको टोली बिहानै घटनास्थलमा पुगेको छ ।
प्रमुख जिल्ला अधिकारीको टोली राहत सामाग्रीसहित घटनास्थलतर्फ लागेको पनि बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोसँगको बराबरीपछि रोनाल्डोको सन्देश: हामीले चाहेको जस्तो सुरुवात भएन, तर यो अझै सकिएको छैन
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण