कर्णालीका मुख्यमन्त्रीको काठमाडौँ र वीरेन्द्रनगरमा २ वटा घर, ५ ठाउँमा जमिन
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयको वेबसाइटमा उनको सम्पत्ति विवरण सार्वजनिक गरिएको हो ।
सार्वजनिक विवरण अनुसार मुख्यमन्त्री कँडेलका सुर्खेत र काठमाडौँमा घर घडेरीदेखि विभिन्न ११ वटा बैंक तथा सहकारीमा लाखौँ रकम मौज्दात छ । रातोपाटीले गत सोमबार कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले तीन महिना बितिसक्दा पनि सम्पत्ति विवरण सार्वजनिक नगरेको समाचार प्रकाशित गरेको थियो ।
वीरेन्द्रनगर नगरपालिका–४, भैरवस्थान निवासी कँडेलको अचल सम्पत्तिमा दुई वटा घर छन् । कँडेलको नाममा वीरेन्द्रनगरमा ०–३–१२–३/४ वर्गमिटर क्षेत्रफलमा फैलिएको पक्की घर छ । उक्त घर पुर्ख्यौली हो ।
यस्तै उनकी श्रीमती गीता अधिकारीको नाममा काठमाडौँमा घर छ । कागेश्वरी मनोहरा नगरपालिका–६, मा १९०.७८ वर्गमिटर क्षेत्रफलमा घर रहेको कँडेलले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।
उक्त घर विगतको बैंक मौज्दात, आफ्नो, श्रीमती र छोरीहरूको पारिश्रमिक, घरभाडा, ऋण सापट गरी जोडेको कँडेलले जनाएका छन् । कँडेलको विभिन्न पाँच ठाउँमा लाखौँ मूल्य पर्ने जग्गा/घडेरी छ ।
कँडेलको नाममा वीरेन्द्रनगर नगरपालिका–९ मा ०.८.१४ वर्गमिटर र उनकी श्रीमतीको नाममा वीरेन्द्रनगर १० मा ०.१.८.२, वडा नम्बर ४ मा ०.०.१८ र ०.०.१३.१९ वर्गमिटर क्षेत्रफलमा फैलिएको जमिन छ ।
यस्तै श्रीमती अधिकारीकै नाममा काठमाडौँको गोठाटार मुलपानी–४, मा ८ आनामा फैलिएको जमिन रहेको उल्लेख छ । काठमाडौँको बाहेक अन्य जमिन पुर्ख्यौली रहेको कँडेलले उल्लेख गरेका छन् ।
चल सम्पत्तिमा कँडेलसँग १० तोला सुन रहेको र उक्त सुन केही पुर्ख्यौली र केही खरिद गरेको जनाइएको छ । बैंक, वित्तीय संस्था तथा सहकारीमा कँडेलको राम्रै रकम जम्मा गरेका छन् ।
कँडेल र उनकी श्रीमतीका नाममा विभिन्न ११ वटा बैंक तथा सहकारीमा गरी ३३ लाख १२ हजार ४८५ रुपैयाँ मौज्दात छ । जस अन्तर्गत कँडेलको एभरेष्ट बैंक काठमाडौँमा १ लाख २४ हजार २३७.६४ रुपैयाँ रकम मौज्दात छ भने एनआइसी एशिया बैंकमा ३ लाख २४ हजार २५६ रुपैयाँ बचत र १२ लाख मुद्दति खातामा छ ।
यस्तै कँडेलको ललितपुरको क्यारिना सहकारीमा १ लाख १५ हजार १५३ रुपैयाँ बचत छ भने पिपलबोट सहकारीमा ७५ हजार ३२२ रुपैयाँ बचत छ । राष्ट्रिय वाणिज्य बैंकमा २५ हजार, जनहितकारी सहकारी संस्थामा ८० हजार ९० रुपैयाँ बचत रहेको उनले उल्लेख गरेका छन् ।
यस्तै श्रीमती गिता अधिकारीको नाममा ग्लोबल आईएमई बैंकमा १ लाख ९० हजार ३०५, जनहितकारी सहकारीमा १ लाख ६३ हजार ७८३, क्यारिना सहकारी ललितपुरमा १ लाख ३० हजार ६३७, लक्ष्मी विकास बैंकमा ८ लाख ७ हजार र पिपलबोट सहकारी संस्थामा ७८ हजार ७०६ रुपैयाँ मौज्दात रहेको उल्लेख छ ।
उक्त रकम पारिश्रमिक, घरभाडा, बोनस, सापटी फिर्ता लगायतबाट जोडेको मुख्यमन्त्री कँडेलले उल्लेख गरेका छन् । कँडेलले श्रीमतीको पेसाबारे भने खुलाएका छैनन् । कँडेलले राष्ट्रिय वाणिज्य बैंकबाट ४५ लाख ऋण लिएको विवरणमा उल्लेख गरेका छन् ।
कँडेलसँग जीप भए पनि बिक्री गरिसकेको उल्लेख गरेका छन् । सार्वजनिक सम्पत्ति विवरण अनुसार उनीसँग २ वटा मोबाइल, १ ट्याबलेट, २ घडी र एक ल्यापटपसमेत छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका–इरान सम्झौता: होर्मुज ६० दिनसम्म महसुलमुक्त रहने
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण