प्रमोकोड फोनपे डाइरेक्ट प्रयोग गरेर आईफोन १५ प्रो जित्न सकिने
ललितपुर । भुक्तानी संचालक फोनपेले आफ्नो प्रमुख अभियान “फोन पे डाइरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ” को घोषणा गरेको छ।
यो अभियानले प्रयोगकर्ताहरूलाई मोबाइल नम्बर, खाता नम्बर, र व्यक्तिगत क्यु. आर मार्फत अन्तरबैंक रकम ट्रान्सफर सेवा बारे थप प्रोत्साहन गर्ने लक्ष्य राखेको कम्पनीले जनाएको छ। यो अभियानले मोबाइल नम्बरबाट रकम ट्रान्सफर गर्दा तुरुन्त र सुरक्षित हुने र सबै प्रयोगकर्ताहरूलाई सजिलो हुने कम्पनीको भनाइ छ ।
यो अभियान २ महिनासम्म चल्नेछ भने भदौ ३१ मा समाप्त हुनेछ। यस अभियानको अन्त्यमा दुईजना भाग्यशाली विजेतालाई iPhone 15 Pro दिने मेगा उपहार योजना कम्पनीले सार्वजनिक गरेको छ। यो मेगा उपहार जित्ने मौका पाउनका लागि प्रयोगकर्ताहरूले Fonepay Direct बाट पैसा पठाउदा रिमार्क्स सेक्शनमा विशेष प्रमोकोड "Fonepay Direct" राख्नुपर्ने छ भने अभियान अवधिमा मोबाईल बैँकिङ् एप प्रयोग गरेर Fonepay Direct मार्फत कम्तीमा तीन पटक पैसा ट्रान्सफर गर्नु पर्नेछ।
“हामी “फोन पे डिरेक्ट: पैसा पठाऔँ ठाउँ को ठाउँ” विशेष अभियान पुनः ल्याउन पाउँदा उत्साहित छौं" फोनपेका चिफ इसट्राटेजी अफिसर सुबोध शर्माले भने, "यो अभियानले नेपाली उपभोक्ताहरूका लागि डिजिटल कारोबारलाई अझ पहुँचयोग्य बनाउने हाम्रो प्रतिबद्धतालाई दर्साएको छ र फोन पे डिरेक्ट लाई तुरुन्त, सुरक्षित र सुविधाजनक रकम ट्रान्सफरको लागि प्रमुख विकल्पको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। हामीलाई विश्वास छ कि प्रयोगकर्ताहरू हाम्रो सेवाका विशेषताहरूबाट खुशी हुने छन् ।"
"पैसा पठाऔँ ठाउँ को ठाउँ” अभियानको बारेमा थप जानकारीका लागि: https://fonepay.com/blogs/Fonepay-Direct-Win-iPhone-15-pro
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्र उपत्यकामा डिडिसीका ३० ‘आउटलेट’ सञ्चालमा आउँदै
-
१२ बजे १२ समाचार: प्रचण्डबाट आङ्बोलाई फेरि धोखा, फैसला कार्यन्वयमा श्रम मन्त्रालयको आनाकानी
-
डा. केसी र सरकारी टोलीबिचको वार्ता निष्कर्षविहीन, भोलि पुनः वार्ता हुने
-
फिर्केखोला संरक्षणमा चासो
-
प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन
-
नारायणी अस्पताल घटनामा संलग्न एक जना नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण