तुलसीराम थापाको अध्यक्षतामा उद्योग वाणिज्य सङ्घ नागार्जुन नगरपालिका गठन
काठमाडौँ । उद्योग वाणिज्य सङ्घ नागार्जुन नगरपालिका कमिटी गठन भएको छ । स्थानीय व्यवसायी तुलसीराम थापाको अध्यक्षतामा सङ्घ गठन भएको हो ।
नागार्जुन नगरपालिकाका अध्यक्ष मोहन बस्नेतको प्रमुख आतिथ्यतामा गठन भएको संघले निकट भविष्यमा नागार्जुन नगरपालिका भित्र रहेका सम्पूर्ण व्यवसायीहरूलाई समेट्ने योजना बनाएको छ ।
नेपाल उद्योग वाणिज्य सङ्घको काठमाडौँ जिल्लाको सदस्यका रूपमा यो सङ्घ गठन भएको हो ।
नवगठित सङ्घका वरिष्ठ उपाध्यक्षमा प्रेमलाल श्रेष्ठ, उपाध्यक्षहरू शुक्र बहादुर तामाङ र रमेश प्रसाद गौतम, महासचिव पप्पु गोतामे, सचिवहरू मुस्कानराज गौतम र रुपेश रिमाल, कोषाध्यक्षमा अमरावती बलामी महर्जन तथा सदस्यहरूमा अनुराधा जैसवाल गुरुङ, शिवहरि खड्का, रामकृष्ण बलामी, ईश्वर श्रेष्ठ, आशाजित शाक्य, नारायण तिमिल्सिना, प्रज्वल खत्री, राजीव बस्नेत, सुरेश श्रेष्ठ, ईश्वर राज बलामी, हेमराज बराल, मंगलाल नगरकोटी, सुरेन्द्र बसेल र सदस्य सचिवका रूपमा नारायण प्रसाद तिमिल्सिना मनोनयन भएका छन् ।
नगरपालिकामा हाल व्यवसायीको ३५ अर्ब भन्दा बढी रकम लगानी रहेको र यसको सुरक्षा ग्यारेन्टी सहित व्यवसायीको हक र अधिकारको निम्ति संघ गठन गरिएको अध्यक्ष थापाले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
-
नामिबियाका जेजे स्मित चम्किँदा नेपाल १५७ रनमा समेटियो
-
नवनियुक्त उपकुलपति जोशीको योजना– यसै वर्ष गेटामा एमबीबीएस, ३०० बेडको शिक्षण अस्पताल
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण