सरकार समस्याको समाधान ठाडो आदेशबाट खोज्दैछ : सांसद बस्नेत
काठमाडौं । माओवादी केन्द्रका सांसद शक्ति बहादुर बस्नेतले वर्तमान सरकार ठाडो आदेश दिँदै गलत कर्मको बाटोमा हिँडेको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले सरकारले कुरा सुशासन, विधि र नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने गलत बाटोमा हिँडेको बताएका हुन् । उनले भने,‘कुरा सुशासन र विधिको गर्ने,नियमको गर्ने तर समाधान ठाडो आदेशमा खोज्ने सरकार गलत बाटो हिँड्दैछ ।’
उनले अमुक उद्योगमा काटिएको विद्युत् लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको भन्दै आपत्ति जनाए । विवाद विद्युत् काट्ने वा जोड्ने कुराको मात्र नभएर महसुल असुल गर्ने कि नगर्ने विषयमा केन्द्रित रहेको उनको भनाई छ । ‘अमुक उद्योगमा काटिएको विद्युत् लाइन जोड्ने विषयलाई सरकारले आफ्नो प्रतिष्ठा र मुख्य प्राथमिकताको विषय बनाइरहेको छ, आश्चर्य लागिरहेको छ । स्पष्ट छ, यो विवाद विद्युत् काट्ने वा जोड्ने कुराको मात्र होइन, महसुल असुल गर्ने कि नगर्ने विषयमा केन्द्रित छ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
-
अमेरिकाले फेर्यो विद्यार्थी भिसाको नियम : सेप्टेम्बर १५ देखि लागू हुने
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण