राष्ट्रपतिको उम्मेदवारमा ओबामाले गरे कमला ह्यारिसलाई समर्थन
वाशिङ्टन डीसी । अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आगामी राष्ट्रपति निर्वाचनमा पार्टीको उम्मेदवारमा उपराष्ट्रपति कमला ह्यारिसको मनोनयनलाई समर्थन गरेका छन् । वर्तमान राष्ट्रपति जो बाइडेनले गएको आइतबार एक्कासी उम्मेदवारी फिर्ता लिएयता ओबामाले ह्यारिसको मनोनयनलाई समर्थन गर्छन् कि गर्दैनन् भन्ने अनुमान चलिरहेको थियो ।
एउटा संयुक्त विज्ञप्तिमा ओबामा र पूर्वप्रथम महिला मिशेल ओबामाले अहिलेको गम्भीर क्षणले मागेको चिज पूरा गर्न ह्यारिससँग भिजन, चरित्र र ताकत सबै भएको बताएका छन् । बाइडेनले उम्मेदवारी त्यागेपछि ह्यारिसको समर्थनमा सयभन्दा धेरै नामी डेमोक्रेट्सले ह्यारिसको समर्थनमा बोलेका छन् ।
यो सूचीमा पछिल्लो नाम ओबामाको हो । बाइडेनले उम्मेदवारी त्यागेलगत्तै ओबामाले उनको सो कदमको प्रशंसा गरेका थिए । तर ह्यारिसलाई समर्थन भने गरेका थिएनन् । ह्यारिसले अगष्टमा हुने पार्टीको महाधिवेशनमा पार्टीको तर्फबाट औपचारिक रुपमा उमेदवार बन्न चाहिने पर्याप्त डेलिगेटहरुको समर्थन जुटाएकी छिन् । उम्मेदवारीको निर्णय भने महाधिवेशनमा मतदानबाट हुनेछ ।
ह्यारिसलाई समर्थन गर्न पाउँदा आफूहरू निकै रोमाञ्चित रहेको र उनलाई जिताउन सबै चिज गर्ने वाचा उनले गरेका छन् । ह्यारिसलाई छान्नु बाइडेनले गरेको सबैभन्दा राम्रो निर्णय भएको पनि उनले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण