विपक्षी टोलीमाथि ड्रोनले जासुसी गर्ने क्यानडाको अङ्क काटियो, प्रशिक्षकमाथि प्रतिबन्ध
पेरिस । प्रतिद्वन्द्वी टोलीको प्रशिक्षण सत्रमा जासुसी गर्न ड्रोनको प्रयोग गरेपछि ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेको क्यानडाको महिला फुटबल टोलीको समूहबाट ६ अङ्क घटाइएको छ । यसको साथै प्रशिक्षक बेभ प्रिस्टम्यानलाई एक वर्षको प्रतिबन्ध लगाइएको छ।
प्रिस्टम्यानलाई क्यानडाको मुख्य प्रशिक्षकबाट हटाएको एक दिनपछि यो कारबाही सुनाइएको हो । फिफाले प्रतिबन्धहरू घोषणा गर्दै क्यानेडियन सकर एसोसिएसन (सीएसए) लाई १ लाख ७५ हजार ७२० पाउन्ड जरिवाना समेत तोकेको छ ।
सीएसए अधिकारी जोसेफ लोम्बार्डी र जास्मिन मन्डरलाई पनि फिफाले एक वर्षका लागि निलम्बन गरेको छ । फुटबलको नियामक निकाय फिफाले क्यानडाको टोलीले ड्रोनको प्रयोग गरेर आफ्नो सिद्धान्तको ‘उल्लङ्घन’ भएको बताएको छ।
‘ओलम्पिक फुटबल प्रतियोगिताको दायरा भित्र सीएसएको महिला प्रतिनिधि टोलीको ड्रोन प्रयोगको सम्बन्धमा आपत्तिजनक व्यवहार र निष्पक्ष खेलका सिद्धान्तहरूको उल्लङ्घनका लागि अधिकारीहरू जिम्मेवार रहेको पाइयो,’ फिफाको विज्ञप्तिमा भनिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण