वेस्ट इन्डिजविरुद्ध इंग्ल्यान्डको क्लिन स्विप
बर्मिङहम । टेस्ट शृङ्खलाको तेस्रो खेलमा इंग्ल्याण्डले वेस्ट इन्डिजलाई १० विकेटले हराएको छ । योसँगै इंग्ल्याण्डले शृङ्खला ३–० ले क्लिन स्विप गरेको हो ।
अन्तिम टेस्टमा ८२ रनको झिनो लक्ष्य पाएको इंग्ल्याण्डले उक्त लक्ष्य मात्र ७.२ ओभरमा कुनै पनि विकेट नगुमाई पछ्यायो । इंग्ल्याण्डका लागि बेन स्टोक्सले २८ बलमा ५७ रन जोडे । उनले ९ चौका र २ छक्का हिर्काए ।
बेन डकेटले १६ बलमा २५ रन जोड्दै स्टोक्सलाई साथ दिए । डकेटले आफ्नो इनिङ्समा ४ चौका प्रहार गरे ।
यसअघि पहिलो इनिङ्समा वेस्ट इन्डिजले २ सय ८२ रन बनाएको थियो । जवाफमा इंग्ल्याण्डले ३ सय ७६ रनको योगफल तयार गरेको थियो । दोस्रो इनिङ्समा वेस्ट इन्डिज १ सय ७५ रनमा सीमित बनेको थियो ।
तीन खेलको शृङ्खलाको पहिलो खेलमा इंग्ल्याण्ड एक इनिङ्स र १ सय १४ रनले विजयी बनेको थियो । दोस्रो खेल इंग्ल्याण्डले २ सय ४१ रनले जितेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण