अनलाइनमार्फत ८४ लाख ठगेको आरोपमा युवक पक्राउ
आइतबार, १३ साउन २०८१, २२ : ४६
काठमाडौँ । अनलाइन माध्यमबाट ‘क्यानडा सपना’ देखाएर ठगको आरोपमा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापा घर भएर ललितपुर बस्ने २३ वर्षीय पुरुषोत्तम भण्डारी छन् ।
आरोपीले ८४ लाख १५ हजार ठगेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजीकुमार आचार्यले रातोपाटीलाई बताए । उनले सामाजिक सञ्जाल ‘इन्स्टाग्राम’को दुरुपयोग गरेर रकम ठगेका हुन् ।
‘क्यानडा लैजान्छु’ भनेर उनले पीडितहरूलाई विभिन्न व्यक्तिहरूको बैंक खातामा रकम हाल्न लगाएर ठगेको अनुसन्धानबाट थाहा भएको छ । साउन ११ मा उनलाई कोटेश्वरबाट पक्राउ गरेर कानुनी कारवाहीका लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको एसपी आचार्यले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन प्रतिशत शिक्षा समता शुल्क नलिने निर्णय कार्यान्वयन गर्न मन्त्रालयकाे आग्रह
-
जनकपुरमा मिर्गौला रोग उपचार केन्द्र स्थापना गर्न अध्ययन समितिको सिफारिस
-
भोकमरीको केन्द्रबिन्दु एसियाबाट अफ्रिकातर्फ : संयुक्त राष्ट्रसङ्घ
-
नेपाल–जर्मनबिचको सम्बन्ध थप गतिशील बनाउनुपर्नेमा जोड
-
लेबनानी राष्ट्रपतिलाई किन भेट्दैछन् ट्रम्प ?
-
‘मालती मंगले’ लिएर अस्ट्रेलियामा रामकृष्ण ढकाल, एडिलेडमा दीप श्रेष्ठसँग गुञ्जिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण