तारकेश्वरबाट खैरो हेरोइनसहित दुईजना पक्राउ
मङ्गलबार, १५ साउन २०८१, १६ : १९
काठमाडौँ । काठमाडौँको तारकेश्वरबाट प्रहरीले खैरो हेराइनसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटको पञ्चकन्या घर भएका २२ वर्षीय रोशन थापा र ३० वर्षीय राकेश बलामी छन् ।
उनीहरूलाई तारकेश्वर नगरपालिका वडा नम्बर–२ स्थित जरङ्खुबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । आरोपीहरूको साथबाट प्रहरीले ८ दशमलव ५ ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरेको छ ।
आरोपीहरूमाथि प्रहरी वृत बालाजुले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा सचेतक परियारको प्रश्न : दुई–चार वटा गाडी तेर्स्याएर नेपाली प्रेस तर्सिन्छ ?
-
प्रतिनिधि सभामा पुगेर निस्किए प्रधानमन्त्री
-
बिना अवरोध सञ्चार गृहले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता उपभोग गर्न पाउनुपर्नेमा प्रलाेपाकाे जोड
-
कांग्रेसले भन्यो– प्रश्न उठाउनेमाथि बल प्रयोग र प्रतिशोध स्वीकार्य छैन
-
दूरसञ्चार प्राधिकरणको अध्यक्ष नियुक्तिमा प्रश्न– ५ बजेसम्म अन्तर्वार्ताको समय थियो, ३ बजे नै नियुक्ति कसरी भयो ?
-
आक्रामक फ्रान्स, हावामा बलियो इंग्ल्याण्ड, रचनात्मक स्पेन र अल्छी अर्जेन्टिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण