न्याय सेवा आयोगले गर्यो २ सचिवको सरुवा, २ को बढुवा
काठमाडौँ । न्याय सेवा आयोगले दुई सचिवको सरुवा र दुई जनाको बढुवाको सिफारिस गरेको छ । मंगलबार बसेको आयोगको बैठकले सत्य निरूपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटालाई कानुन मन्त्रालयको सचिवमा सरुवा गरेको छ ।
कानुन मन्त्रालयका सचिव फणिन्द्र गौतमलाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ। प्रधानमन्त्री कार्यालयका सचिव लिला गड्तौला मुख्यसचिव भएपछि रिक्त रहेको उक्त सचिव पदमा गौतमलाई सरुवा गरिएको हो ।
आयोगको बैठकले आलोकचन्द्र श्रेष्ठलाई बढुवा गर्दै सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ । उनी रक्षा मन्त्रालयमा सहसचिवको रूपमा रहेका थिए । त्यस्तै पाराश्वर ढुङ्गानालाई नेपाल कानुन आयोगको सचिवको रूपमा बढुवा गर्दै पदस्थापन गरेको छ । उनी नेपाल कानुन आयोगमै सहसचिवको रूपमा रहेका थिए ।
न्याय सेवा आयोगमा अध्यक्षको रूपमा प्रधानन्यायाधीश विश्वभरप्रसाद श्रेष्ठ छन् भने सदस्यको रूपमा कानुनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत, लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मी, महान्यायाधिवक्ता रमेश बडाल र सदस्यसचिवको रूपमा न्याय परिषद्का सचिव यमबहादुर बुढामगर रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण