पेरिस ओलम्पिक : लगातार तेस्रो हारसँगै उपाधि होडबाट बाहिरिए नेपाली प्रिन्स

काठमार्डौँ । लगातार तेस्रो हारसँगै नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल फ्रान्सको पेरिसमा जारी ३३औँ गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगितामा उपाधि होडबाट बाहिरिएका छन् । उनी बुधबार आफ्नो तेस्रो खेलमा पनि पराजित भए ।
नेपालका उदीयमान खेलाडी प्रिन्स बुधबार सम्पन्न आफ्नो तेस्रो खेलमा इजरायली प्रतिद्वन्द्वी मिसा जिल्बरम्यानसँग पराजित भए । मिसाले प्रिन्सलाई २१–१२, २१–१० अंकले हराएका हुन् । प्रिन्स यसअघि आफ्नो दुबै खेलमा पराजित भएका थिए ।
प्रिन्सले पनि ‘वाइल्ड कार्ड’मार्फत पेरिस ओलम्पिक खेल्ने अवसर पाएका हुन् । उनी नेपालबाट ओलम्पिक खेल्ने पहिलो ब्याडमिन्टन खेलाडी पनि हुन् । प्रिन्स विश्व जुनियर ब्याडमिन्टन वरीयताको पहिलो स्थानमा कब्जा जमाउन सफल नेपाली खेलाडी पनि हुन् ।
प्रिन्सले चीनमा सम्पन्न ब्याडमिन्टन एसिया च्याम्पियनसिपमा पनि उत्कृष्ट प्रर्दशन गरेका थिए । उनी प्रशिक्षक बिना नै पेरिस ओलम्पिकमा सहभागी भएका थिए । नेपाली टोलीमा अन्य खेलका प्रशिक्षक सहभागी भए पनि ब्याडमिन्टन खेलका प्रशिक्षक थिएनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मानव प्राण बचाउने किसान र श्रमिकको किन सधैँ अपमान ?
-
अपहरणको अभियोगमा नाबालकसहित चार जना पक्राउ
-
कैलालीमा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु, तीन घाइते
-
अन्तर्राष्ट्रिय श्रमिक दिवस र नेपाली श्रमिकको अवस्था
-
श्रम रोजगारीका सबै अवसर आम नागरिकसम्म पुग्नुपर्छ : प्रधानमन्त्री
-
कैलालीमा गहुँ उत्पादन घट्यो