चर्चित भारतीय क्रिकेटर अंशुमन गायकवाडको निधन
काठमाडौँ । भारतीय क्रिकेट टोलीका पूर्वखेलाडी अंशुमन गायकवाडको बुधबार राति ७१ वर्षको उमेरमा निधन भएको छ । उनी भारतीय क्रिकेट टोलीका पूर्वप्रशिक्षक पनि हुन् ।
गायकवाडको वडोदरामा निधन भएको समाचारमा जनाइएको छ । गायकवाडले सन् १९७५ देखि सन् १९८७ सम्म भारतीय टोलीबाट खेलेका थिए । उनी आफ्नो समयका प्रभावशाली ब्याट्सम्यान थिए ।
उनले भारतका लागि ४० टेस्ट र १५ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । सक्रिय खेलजीवनबाट सन्न्यास लिएपछि उनी भारतीय टोलीको चयनकर्ता पनि बनेका थिए ।
गायकवाड लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए । उनको स्वास्थ्य अवस्थाको बारेमा थाहा पाएपछि कपिल देवलगायतका पूर्वक्रिकेटरहरुले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)सँग सहयोगका लागि आग्रह गरेका थिए ।
त्यसपछि बीसीसीआईका सचिव जय शाहले गायकवाडको उपचारका लागि एक करोड भारतीय रुपैयाँ सहयोगको प्रतिबद्धता जनाएका थिए । गायकवाडले लन्डनमा पनि आफ्नो उपचार गराएका थिए । आर्थिक समस्या देखिएपछि उनी भारत फर्किएर वडोदराको एक अस्पतालमा भर्ना भएका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गायकवाडप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् । मोदीले गायकवाडको निधनले भारतीय खेलक्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् । उनले शोक सन्तप्त परिवारजनप्रति समवेदना पनि व्यक्त गरेका छन् ।
‘श्री अंशुमन गायकवाडले भारतीय क्रिकेटलाई गुन लगाउनु भएको छ । उहाँको योगदन सधैँ अविस्मरणीय रहने छ । उहाँ एक प्रतिभाशाली खेलाडी र उत्कृष्ट प्रशिक्षक हुनुहुन्थ्यो,’ भारतीय प्रधानमन्त्री मोदीले भनेका छन् ।
बीसीसीआई सचिव जय शाहले पनि गायकवाडप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । आफ्नो सक्रिय खेलजीवनमा गायकवाडले थुप्रै महत्त्वपूर्ण पाली खेलेका थिए । उनले पाकिस्तानविरुद्ध लगातार ६ सय ७१ मिनेट क्रिजमा टिकेर दुई सय एक रन बनाएका थिए ।
यसैगरी, उनले आफ्नो समयका चर्चित तीव्रगतिका क्यारेबियन बलर माइकल होल्डिङविरुद्ध हेलमेट नलगाई ब्याटिङ गर्दै ८१ रन बनाएका थिए । त्यतिबेला माइकल होल्डिङको बलिङसामु कुनै पनि ब्याट्सम्यान हेलमेट नलगाई खेल्न डराउँथे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान–द्वन्द्वपछि युएईका एयरलाइन्सले विस्तारित यात्रा बीमा योजना घोषणा गरे
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण