प्रतिपक्षमा पुगेपछि कर्णाली माओवादीले भन्यो— यो संघको इकाई हो कि प्रदेश सरकार हो ?
सुर्खेत । पहिलो पटक कर्णाली प्रदेशमा प्रमुख प्रतिपक्षमा पुगेको नेकपा माओवादी केन्द्रले सङ्घीयता कार्यान्वयन नभएको भन्दै संसदमा प्रश्न उठाएको छ ।
सोमबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यामलाल कँडेलले मागेको विश्वासको मत सम्बन्धीको छलफलका क्रममा माओवादी संसदीय दलका नेता राजकुमार शर्माले प्रदेश सङ्घीय इकाई हो कि के हो भन्दै प्रश्न राखे ।
‘यो आज मात्र हैन हिजोदेखि भन्दै आएको छु, यो संघीय इकाई हो कि प्रदेश सरकार ?,’उनले भने, ‘किन इकाईका रूपमा चित्रित भइरहेका छौँ । उठ भने उठ्नु पर्ने, बस भने बस्नुपर्ने यो कस्तो सङ्घीयता भयो ?’
शर्माले देश बिग्रनुका भोका, नाङ्गा जनताको कुनै हात नरहेको बताउँदै सङ्घीयता कार्यान्वयनका लागि नयाँ तरिकाले सङ्घर्ष गर्नुपर्ने बताए ।
शर्माले आफूले सुरु गरेका कुनै पनि योजनाहरू वर्तमान मुख्यमन्त्रीले अघि नसारेको भन्दै किन अघि बढेन भनेर प्रश्न समेत उठाए ।
यस्तै माओवादीले मुख्यमन्त्री कँडेललाई विश्वासको मत नदिने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दोस्रो हाफको सुरुवातमै जुड बेलिङ्घमको गोल, इङ्गल्यान्ड ३–२ ले अगाडि
-
पहिलो हाफको रोमाञ्चक खेलमा इङ्गल्यान्ड र क्रोएसियाबिच २–२ को बराबरी
-
ह्यारी केनको व्यक्तिगत दोस्रो गोल, क्रोएसिया विरुद्ध इंग्ल्याण्ड २–१ ले अगाडि
-
ह्यारी केनको पेनाल्टी गोलमा इंग्ल्याण्डलाई सुरुवाती अग्रता
-
इंग्ल्याण्ड र क्रोएसियाबिचको महाभिडन्त, यस्तो छ दुवै टोलीको ‘सुरुवाती ११’
-
‘क्रिटिक्स फिल्म अवार्ड’ असार ६ गते
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण